इण्डियन आइडलबाट बाहिरिइन् मेनुका « Khabarhub

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेनुका पौडेल भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो ।

मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् ।

‘इण्डियन आईडलको मेरो यात्रा अहिलेलाई सकिएको छ । तर नयाँ सांगीतिक यात्राको पनि भर्खर सुरु भएको छ । पहिले भन्दा अझै सक्रिय हुनेछु । यो मेरो सुरुवात हो, अन्त्य होइन’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । यो अवधीमा मेनुकाले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु समेत गरेकी छन् । ‘इन्डियन आइडल’मा  चिकित्सकहरुले उनलाई ‘एआई भिजन चस्मा’ समेत उपहार दिएका थिए ।

झापाको हल्दिवारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुकाको गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा स्थान बनाएको थियो ।

यो पनि…

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : ४९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले