डिजिटल प्रभावमा आम निर्वाचन | Khabarhub Khabarhub

डिजिटल प्रभावमा आम निर्वाचन

पाकिस्तानमा सामाजिक सञ्जालको प्रचार निर्णायक


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

अहिलेको पाकिस्तानको निर्वाचनले त्यहाँको राजनीतिक स्थायित्व तथा बिग्रेको अर्थतन्त्र सुधार गर्ने कुनै सम्भावना नदेखिएको विश्लेषक बताउँछन्। निर्वाचन सम्पन्न भएको दुई सातापछि पूर्व प्रधानमन्त्री नवाज सरिफले नेतृत्व गरेको पाकिस्तानी मुस्लिम लिग तथा बिलालाल भुट्टोको नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)को बिचमा सत्ता बाँडफाँडको सहमति भएको छ। एकाएक सरकार बनाउने सहमति भए पनि पीपीपी आफै भने सरकारमा नगएर बाहिर बसेर साथ दिने भएको छ।

पाकिस्तानमा अहिले यस्तो अस्वाभाविक प्रजातान्त्रिक अभ्यास चलेको छ जहाँ, चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन जे पनि गर्न तयार हुन्छन्। तर सरकार चलाउने जिम्मेवारी लिन भने तयार हुँदैनन्।

पाकिस्तानमा बाहिरबाट हेर्दा निर्वाचन भएको देखिए पनि आन्तरिक रूपमा त्यहाँको राजनीतिमा सेना नै हाबी भएको छ। धेरै कुरा सेनाको गतिविधिमा नै निर्भर रहने गरेको छ। यस पटक पनि विगतका धेरै घटनालाई फर्किएर हेर्दा नयाँ ढङ्गको चाल देखिन्छ।

पाकिस्तानमा बाहिरबाट हेर्दा निर्वाचन भएको देखिए पनि आन्तरिक रूपमा त्यहाँको राजनीतिमा सेना नै हाबी भएको छ। धेरै कुरा सेनाको गतिविधिमा नै निर्भर रहने गरेको छ।

नयाँ चाल चल्ने सवालमा सबै शक्ति दत्तचित्त छन्। त्यो शक्ति सेना होस् या कुनै दल, कोही भन्दा कोही कम छैनन्। अहिले सत्ता चलाउन आतुर दलका मुख्य विरोधी इमरान खान जेलमा छन्। उनी माथि एक सय ५० गैरकानुनी कामको अभियोग लागेको छ। उनले ती सबै अभियोग अस्वीकार गरेका छन्।

निर्वाचनको केही साता अघि तीन वटा मुद्दाको सुनुवाइ भएको थियो। यो मध्य सबै भन्दा हतारमा उनको विवाहको बारे लगाइएको अभियोग थियो। उनको दलका सबै उम्मेदवार स्वतन्त्रको रूपमा निर्वाचनमा सहभागी थिए। धेरै उम्मेदवार निर्वाचनको समयमा प्रहरीबाट सताइएका थिए। त्यसो त मुख्य नेताको नै प्रहरीको हिरासतमा रहेको समयमा दलका समर्थक अगाडि बढ्नु पक्कै पनि कठिन थियो।

निर्वाचनको दिन मोबाइल फोन र सामाजिक सञ्जालका सबै माध्यम बन्द गरिएका थिए। त्यो परिस्थितिमा खानका समर्थकका लागि आफ्नो उम्मेदवारको बारे अन्योल पैदा हुँदा एकले अर्कोलाई प्रस्ट पार्ने उपाय पनि थिएन। खानका समर्थकले यस अघि नै दरो तयारी गरिसकेका थिए। ह्वाट्स एप समूह तयार पारेका थिए। अन्य सामाजिक सञ्जालमा ग्रुप तयार गरेर आफ्नो उम्मेदवारको बारे सूचना सबैलाई दिइसकिएको थियो। एउटाले अर्कोलाई पूर्ण रूपमा साथ दिइरहेका थिए। यस अवस्थामा उनीहरूले सफलता पाउँदै गएका हुन्।

खानका सम्पूर्ण भाषण समर्थकसम्म पुगेका थिए। नाराको रूपमा खानको हिरासतको आइडीलाई प्रयोग गरिएको थियो। गुरिल्ला शैलीको चुनावी प्रचार गरेका उनीहरूले सबैलाई आश्चर्यमा पारेका थिए।

यसका बाबजुद संसद्को सबै भन्दा ठुलो दलको रूपमा पाकिस्तानको तारके इ इन्साफ दर्ज भएको छ। खानका सबै विजयी उम्मेदवार स्वतन्त्रको हैसियतमा छन्। यो शैली २० औं शताब्दीको सबै भन्दा प्रभावकारी चुनावी रणनीति भएको छ। सेनाले पनि केही प्रयोग नगरेको होइन। तथापि चुनावी परिणामले सेनाको भूमिकालाई निस्तेज बनाएको छ।

इमरान खानले चुनावमा प्रस्ट बहुमत पाउन सकेनन्। अन्य दलसँग गठबन्धन नगरेर उनका समर्थक प्रतिपक्षीको रूपमा अहिले छन्। उनी माथि भइरहेको यो आक्रमणको बाबजुद चुनावी परिणामले उनको व्यक्तित्वलाई भने उजागर गरेको छ।

इमरान खानले चुनावमा प्रस्ट बहुमत पाउन सकेनन्। अन्य दलसँग गठबन्धन नगरेर उनका समर्थक प्रतिपक्षीको रूपमा अहिले छन्। उनी माथि भइरहेको यो आक्रमणको बाबजुद चुनावी परिणामले उनको व्यक्तित्वलाई भने उजागर गरेको छ। धेरै राजनीतिज्ञले जेलमा जीवन बिताएका छन्। तर, खानको जेल भित्रको कथा भने फरक छ।

उनी र उनका समर्थकलाई आम मानिसको सङ्गतमा पुग्नबाट रोक्नका लागि विभिन्न योजना बने पनि उनका समर्थक कहिल्यै थाकेनन्। मे महिनामा पहिलो पटक खान गिरफ्तार हुँदा उनका समर्थकले हुलदङ्गा मात्र गरेनन्। सेनाको ब्यारेक माथि नै धावा बोलेका थिए। सेना माथिको चुनौती त्यो समयबाट सुरु भएको थियो। वरिष्ठ आर्मी जनरलको घरमा हुलदङ्गा भएको थियो। आर्मी हेडक्वार्टरमा पनि कसैको प्रवेश भएको थियो।

कसैलाई खानको विरुद्धमा बोल्न लगाइयो। कतिपयले दल त्यागको घोषणा गरेका थिए। यसले खानको राजनीतिक जीवन नै सकिन आँटेको सङ्केत गरेको थियो। खान जेलमा रहँदा दोस्रो तहका नेताहरूले चुनाव हाँकेका थिए। स्थानीय तहको साथ र समर्थनको कारण सो दलले एक किसिमको जित हात पारेको हो। उनीहरूलाई आफ्नो दल सत्तामा नआउने पक्का थियो। उनीहरूको प्रस्ट चाहना सेनाले भन्दैमा सबै कुरा मान्न दल बाध्य हुनु हुँदैन भन्ने नै थियो।

खानको यो जितले धेरै कुराको अर्थ राखेको छ। मूल रूपमा आगामी दिनमा सत्ता र निर्वाचनमा प्रयोग गरिने प्रसार शैलीमा भाषण, भीड भन्दा डिजिटल शैली प्रभावकारी हो भन्ने कुरा खानको जितले पुष्टि गरेको छ। अहिले पनि खान सामाजिक सञ्जालकै माध्यमबाट नै आफ्नो कुरा राख्न चाहन्छन्। उनको आवाज संसदबाट भन्दा पनि सञ्जालको माध्यमबाट धेरै समर्थकसम्म पुग्ने गरेको छ।

एक अध्ययनका अनुसार ग्रामीण क्षेत्रका मतदाताको हकमा सामाजिक सञ्जाल सबैभन्दा भरपर्दो चुनावी प्रचार शैली हो । सामाजिक सञ्जालको प्रचार शैली कम खर्चिलो मानिएको छ । सन् २०२० को दशकको अन्त्य सम्ममा धेरै देशमा डिजिटल माध्यम नै प्रचारका लागि प्रयोग हुने अनुमान गरिएको छ । 

अहिले पाकिस्तानको सत्ता सम्हाल्नु सहज छैन। चीनको गतिविधि त्यहाँको आर्थिक दुरावस्थाको मुख्य कारण बनेको छ। चाइना पाकिस्तान इकोनोमीक कोरिडोरको कारण पाकिस्तान ऋणको बोझमा परेको छ। चिनियाँ लगानीका कारण पाकिस्तानले अन्तर्राष्ट्रिय क्षेत्रमा फेरि सद्भाव पाउनसमेत कठिन छ। खानको पार्टी सत्तामा नगए पनि पाकिस्तानको निर्वाचनले चुनावी प्रचारको नयाँ शैलीलाई स्थापित गरेको छ।

एक अध्ययनका अनुसार ग्रामीण क्षेत्रका मतदाताको हकमा सामाजिक सञ्जाल सबैभन्दा भरपर्दो चुनावी प्रचार शैली हो। खर्चको हकमा पनि सामाजिक सञ्जालको प्रचार शैली कम खर्चिलो मानिएको छ। निर्वाचनको दिन हातमा पक्रेर बुथसम्म लगेर मत दिन लगाउने शैली तेस्रो विश्वका धेरै देशमा अझै प्रचलित छ। सन् २०२० को दशकको अन्त्य सम्ममा धेरै देशमा डिजिटल माध्यम नै प्रचारको क्रममा धेरै प्रयोग गरिने अनुमान गरिने छ। सो समयसम्ममा सायद तेस्रो विश्वमा पुरानो शैली हट्ने छ। स्रोत : बिबिसी, ट्रिबुन डटकम

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : ०३ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको