सलमानका कारण 'न्यूयोर्क'मा साइन गरेकी थिइन् कट्रिनाले... | Khabarhub Khabarhub

सलमानका कारण ‘न्यूयोर्क’मा साइन गरेकी थिइन् कट्रिनाले…


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री कट्रिना कैफले ‘बुम’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । तर यो फिल्म उनका लागि सुखद हुन सकेन । 

सन् २००५ मा प्रदर्शनमा आएको फिल्म ‘मैने प्यार क्यूं किया’मा अभिनय गरेपछि भने उनले सफलता पाउँदै गइन् । नायक सलमानसँग यो फिल्ममा काम गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेन । 

तर कट्रिनाका लागि आजको अवस्थामा  ‘न्यूयोर्क’ विशेष फिल्म हो । सो फिल्म व्यसायिकरुपले पनि सफल मानिएको फिल्म हो । सबैभन्दा मिल्ने साथीहरू सोही फिल्ममा काम गर्दा भेटाएको उनी सो फिल्मलाई धेरै महत्त्वका साथ लिन्छिन् । भर्खरै उनले सो फिल्ममा आफ्नो इच्छा विपरीत अनुबन्ध भएको खुलासा गरेकी छन् ।

भर्खरै  ‘मिड डे’लाई दिएको अन्तर्वार्तामा कट्रिनाले फिल्म फ्लप हुने शंका लागेकाले अनुबन्ध हुने इच्छा नहुँदा-नहुँदै काम गरेको अनुभव सेयर गरेकी छन् । पहिलो हिट फिल्मको हिरो सलमानको आग्रहका कारण  ‘न्यूयोर्क’मा अनुबन्ध भएको उनले खुलासा गरिन् । 

अनुबन्ध भएर छायांकनका लागि सेटमा पुग्दा सानो युनिट देखेर झनै मन खिन्न भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सेटमा लाइट छैन रु यति सानो टोली रु कहाँ छ क्यामेरा रु जस्ता प्रश्न निर्माण पक्षलाई सोध्थेँ ।’

तर अन्त्यमा अहिलेसम्म छायांकनमा सबैभन्दा राम्रो सम्झना भएको फिल्म सोही बनेको उनी सुनाउँछिन् । उनी थप्छिन्, ‘त्यो फिल्म मेरो जीवनको सबैभन्दा अविश्वसनीय अनुभव थियो । छुट्ने बेला हामी सबै रोइरहेका थियौं । हामी  छुट्टिन चाहँदैन थियौं । मेरो सबैभन्दा नजिकका साथीहरू त्यही फिल्मबाट पाएको हुँ ।’

‘न्यूयोर्क’ मा कट्रिनासहित जोन अब्राहम, नील नितिन मुकेश, इरफान खान र नवाजुद्दीन सिद्दी मुख्य भूमिका देखिएका थिए । 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : २४ बजे

पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय

धनकुटा– धनकुटा बजारबाट करिब पाँच किलोमिटर उकालो चढेपछि पुगिन्छ, सिप्तिङ

प्रत्यक्ष निर्वाचित कार्यकारीले स्थायित्व दिन्छ भन्नु भ्रममात्रै : लीलामणि पौडेल 

काठमाडौं– पूर्व-मुख्यसचिव लीलामणि पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशमा स्थायित्व

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

काठमाडौं – केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता

कांग्रेस बैठक : पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको