भत्कियो गठबन्धन, तीन मन्त्रीले लिए सपथ | Khabarhub Khabarhub

भत्कियो गठबन्धन, तीन मन्त्रीले लिए सपथ


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कांग्रेस-माओवादीबीचको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार नै नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

राष्ट्रपति भवनमा आयोजित सपथ समारोहमा बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि सोमबार दिउँसो तीन मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिस अनुसार नियुक्त भएका तीन मन्त्रीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ५ : ५८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका