सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्न नयाँ गठबन्धन : वर्षमान पुन « Khabarhub

सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्न नयाँ गठबन्धन : वर्षमान पुन


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सुशासन र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्ने सर्तसहित नयाँ सत्ता गठबन्धनका लागि चार दलबीच सहमति भएको ती दलका नेताहरुले बताएका छन् ।

आज साँझ चार दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताए ।

मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरुबीच सत्ता गठबन्धनका लागि सहमति भएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नेगरी चार दलबीच सहकार्य भएको बताए । सरकारलाई पूर्णता दिने प्रक्रियासँगै न्यूनतम साझा कार्यक्रम बनाउने र त्यसैअनुरुप सरकारले काम गर्ने नेता पोखरेलले जानकारी दिए ।

सरकारमा सहभागी हुनेबारे अन्य दलसँग छलफल पछि मन्त्रालय बाँडफाँड टुङ्गो लाग्ने पनि उनले बताए । “सबैभन्दा पहिले हामी यो गठबन्धनमा को–को दल सहभागी हुन्छन् भनेर छलफल गरिसकेपछि मात्रै मन्त्रालय बाँडफाँटले सार्थकता पाउँछ । अहिले नै मन्त्रालय बाँडफाँटमा प्रवेश गर्दा अरुलाई सामेल गर्ने कुरा रोकिने भएकाले यो विषयमा छलफल भएको छैन”, उनले भने, “मन्त्रालय बाँडफाँट ठूलो विषय होइन, सजिलै टुङ्गिन्छ ।”

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ४५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी