इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलका लागि मार्टिन ओडेगार्डले एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । ओडेगार्डले खेलको २४औँ मिनेटमा सुरुवाती गोल गरेका थिए ।

यता, लुटन टाउनका डेकी हाशिओकाले खेलको ४४औँ मिनेटमा आफ्नै पोष्टमा बल छिराएपछि आर्सनल २–० ले विजयी भयो ।

यो जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ३० खेलबाट ६८ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुल ६७ अंकसहित दोस्रो स्थानमा छ ।

३१ खेल खेलेको लुटन टाउन २२ अंकका साथ १८औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ६ : ५६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’