कांग्रेसलाई उम्मेदवार छान्न सकस, आज पनि बैठक बस्दै | Khabarhub Khabarhub

कांग्रेसलाई उम्मेदवार छान्न सकस, आज पनि बैठक बस्दै


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि नेपाली कांग्रेसको बैठक बस्दैछ ।

कांग्रेस संसदीय बोर्डको बैठक बिहान ९ बजे र केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

उम्मेदवारको टुंगो लगाउन मंगलबार र बुधबार बसेको बैठक निष्कर्षविहीन भएपछि बैठक आज पनि बस्न लागेको हो ।

उम्मेदवारको विषयलाई लिएर संस्थापन र इतरपक्ष आ–आफ्नै अडानमा रहँदा नेपाली कांग्रेसले उम्मेदवारको चयन गर्न सकेको छैन ।

सभापति शेरबहादुर देउवा डम्बर खड्कालाई इलाम–२ को उम्मेदवार बनाउनु पर्ने पक्षमा छन् भने शेखर कोइराला–गगन थापा लगायत इतरपक्ष भेषराज आचार्यलाई टिकट दिनुपर्ने अडानमा छन् ।  

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ७ : ३५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका