‘अन्तिम भोज’को होडमा मुलुक | Khabarhub Khabarhub

‘अन्तिम भोज’को होडमा मुलुक



मानिसको धोखाधडीमा आजित जंगली जनावरले जंगलमै विद्यालय खोल्ने निर्णय गरेछन्। यो निर्णयले आफ्ना सन्तान, दरसन्तान भविष्यका लागि सचेत हुने अघिल्लो पुस्ताका जनावरको विश्वास थियो। चरो, माछा, खरायो, कुकुर, लोखर्के र मन्द मस्तिष्क भएको इल (सर्प आकारको माछा) विद्यार्थी थिए। पाठ्यक्रम बनाउन एउटा कमिटी गठन गरियो। उड्ने, रुख चढ्ने, पौडी खेल्ने, खन्ने जस्ता विषय सबैका लागि अनिवार्य गरियो।

जब चरो खन्नका लागि अग्रसर भयो, उसको चुचो र पखेटा भाँचियो। अन्तत : फेल भयो। पखेटा भाँचिएपछि उड्ने कलामा समेत असफल भयो। रुख चढ्न र पौडी खेल्न त्यसैपनि दुर्लभ छँदै थियो। लोखर्के रुख चढ्न उत्कृष्ट भयो। अरु विषयमा गोलखाडी गयो। माछा पौडिन सफल भएपनि पानीबाट बाहिर निस्कन नसकेकाले सबै विषयमा निष्फल भयो।

कुकुर स्कुल नै भर्ना भएन। तोकिएको शुल्क पनि तिरेन। बरु भुक्ने कला पनि कोर्समा समावेश हुनुपर्ने माग गर्दै विद्यालय प्रशासनसँग झगडा गर्न थाल्यो। खरायो रुख चढ्ने कोशिसमा पछारिँदा पछारिँदा दिमागी सन्तुलन गुमाउन पुग्यो। आफू निपूर्ण रहेको खन्ने कामबाट समेत हात धुनुपर्यो।

खरायो कुनै विषयमा पनि सफल भएन। विधिको विडम्बना सबै कुरा गरेजस्तो गर्ने प्रोफाइलमै नरहेको मानसिक रुपमा कमजोर इल कक्षाकै उत्कृष्ट विद्यार्थी ठहरियो। विद्यालय व्यवस्थापन आफ्नो ऐतिहासिक निर्णयमा मख्ख पर्यो।

तन, मन, जन टुटेको नेपाल कम्युनिस्ट पार्टी पूर्व नेता, कार्यकर्तालाई सत्ताको फेविकोलले फेरि जोडेको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यो शताब्दीको ‘महामानव’ बनाउने भक्तको अपरम्पार योजना मुताविक यो यात्रा आरम्भ भएको हो। सत्ताबिना कार्यकर्ता टिकाउन र कमिसनको अभावमा पार्टी चलाउन असम्भव प्रायः हुन थालेपछि शीर्ष नेतृत्वको सम्मोहन सत्ता केन्द्रित भएको सत्य बुझ्न कठिन छैन।

तन, मन, जन टुटेको नेपाल कम्युनिस्ट पार्टी पूर्व नेता, कार्यकर्तालाई सत्ताको फेविकोलले फेरि जोडेको छ। सत्ताबिना कार्यकर्ता टिकाउन र कमिसनको अभावमा पार्टी चलाउन असम्भव प्रायः हुन थालेपछि शीर्ष नेतृत्वको सम्मोहन सत्ता केन्द्रित भएको सत्य बुझ्न कठिन छैन।

समकालीन नेताहरुमा ओलीसँग अहिले साम, दाम, दण्ड, भेद चलाउने हैसियत छ। प्रतिशोधी चरित्रलाई यो पटकको राजनीतिक मोलमोलाई भने व्यापारी शैली आत्मसात गर्न पुगेका छन्। उनीसँग विधिको सन्दर्भ उठाउनु भैंसीलाई बिन बजाएर आकर्षित गर्न खोज्नुजस्तै हो।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनालका लागि भोलि पाउने मुजूरभन्दा आज आफूसँग रहेको परेवा जोगाउनु नै बुद्धिमानी हो। सूर्यबहादुर थापाजस्तो घागडान नेता एउटा क्लबजस्तो पार्टीमा सीमित हुँदा उनले कमाएको राजनीतिक उचाई नै पुड्को देखिएको इतिहास माधव नेपालको वर्तमान भोगाइ हो।

भागवत गीताले खबरदारी लगाउँदै भनेको छ- ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसँग यति छ पछि अरु थपिन्छ, मैले यो शत्रु मारें, अरु पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान पनि मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ने ठान्ने मूर्खहरु राक्षसी श्रेणीमा जन्मेका नीच हुन।’ नेताहरुले बुझ्नुपर्छ- संसारको सर्वाधिक ठूलो औषधि सन्तुष्टि, ठूलो सम्पत्ति बुद्धि, शक्तिशाली हतियार धैर्य र उत्तम सुरक्षा विश्वास हो। यो कुनै पार्टी कार्यालय, सिंहदरबारमा नभएर प्रकृतिमा निःशुल्क पाइन्छ। तर शक्ति, सत्ता र द्रव्य आर्जनका लागि प्रदूषणसँग सम्झौता गर्नुपर्छ।

विश्व विख्यात हलिउड अभिनेत्री मर्लिन मुनरोले भनेकी थिइन्– ‘आत्मा साक्षी राखेर भन्ने हो भने म कयौं फिल्मी निर्मातासँग सुतेकी छु। यदि मैले त्यो कुरा इन्कार गरेँ भने झुटो हुनेछ। अभिनेत्री बन्न अभिनय, कौशल, प्रतिभा र परिश्रम त हुनैपर्छ तर निर्मातासँग रात बिताउनाले फिल्ममा प्रमुख भूमिका पाउन मद्दत मिल्नेछ। जब मैले मोडलिङको काम सुरु गरेँ, यौन सम्बन्ध मेरो पेशाको अभिन्न अंग बन्यो। सबै केटीले त्यो गर्नुपथ्र्यो। नत्र अन्य पच्चीसौं केटी त्यो ठाउँ लिन तयार हुन्थे। निर्माताले फिल्मको कुरा गर्न बोलाउँदा फिल्म बाहेक अरु पनि स्वार्थ हुन्छ।’मार्लिन मुनरोको यो अभिव्यक्ति मन, मुटु र मस्तिष्कको आर्तनाद हो। होइन भने आफ्नो समयमा विश्व हल्लाउने यी सुन्दरी निद्रा लाग्ने औषधी खाएर अर्को लोकमा पक्कै प्रस्थान गर्ने थिइनन्।

सन् १८५३ रुसका जारले तात्कालीन ब्रिटिस राजदूतसँग भनेका थिए- ‘हाम्रो छिमेकमा एउटा साह्रै रोगी र गरिब मान्छे छ। विचरा कुनै बेला अकस्मात मर्न सक्छ।’ टर्कीलाई युरोपको रोगी मान्छे भनिन्थ्यो। सन् १८७७ रुसले टर्कीमा आक्रमण गर्यो। तर देशको स्वाधीनता मर्न दिएनन्। राजनीतिज्ञले अमर हुने काम गर्नुपर्छ। न्यायका लागि बोल्न प्रत्येक समय उपयुक्त हुन्छ। रुसमा अन्तिम जारको शासन काल थियो।

बाहिरबाट त रुस शान्त देखिन्थ्यो। तर भित्र भित्र नागरिकमा असन्तोषको आगो दन्किरहेको थियो। एकपटक सर जर्जले जारलाई सल्लाह दिए- ‘महामहिम संसार फेरिएको छ। विशेष कोशिस गरेरै भएपनि यहाँले अब आफ्ना प्रजाहरुको विश्वास जित्नु आवश्यक छ। जारले मुसुक्क हाँसेर प्रतिप्रश्न गरे- ‘जर्ज, तर के यो उचित होइन कि मेरा प्रजा आफैं मेरो विश्वासको लायक बनून।’ दम्भको यो आगो हाम्रो परिवेशमा पनि सल्किन सुरु भइसकेको छ।

देश नबन्नुमा तीन करोडकै धेरथोर हिस्सा लाग्छ। कुरै खाने, कुरै सुत्ने, कुरै उठ्ने, कुरै ओढ्ने कुरौटे संस्कृतिलाई समाजले मलजल गरिरहेको छ। समाज नामको नर्सरीमा जुन विरुवा हुर्किन्छ, सिंहदरबारमा गएर त्यही फल्ने फुल्ने हो।

देश नबन्नुमा तीन करोडकै धेरथोर हिस्सा लाग्छ। कुरै खाने, कुरै सुत्ने, कुरै उठ्ने, कुरै ओढ्ने कुरौटे संस्कृतिलाई समाजले मलजल गरिरहेको छ। समाज नामको नर्सरीमा जुन विरुवा हुर्किन्छ, सिंहदरबारमा गएर त्यही फल्ने फुल्ने हो। आफू बस्ने घर बैंकमा धितो राख्नुपर्यो भने पाँच करोड मोलिन्छ। त्यही घर राज्यलाई कर तिर्नुपर्ने भएमा पचास लाखमा झर्छ। भाडाको गाडीमा पाँच रुपियाँ बचाउन हजुरबा नातिपुस्ताको कार्ड बोकेर निर्लज्ज हिँड्छन्। मुलुकको सर्वोच्च न्यायालय दोहोरो सुविधा लिन नपाउने सरकारी नियमको बर्खिलापमा फैसला सुनाउँछ।

पूर्व प्रशासक यत्र, तत्र, सर्वत्र नियुक्ति दिएको अवस्थामा मुलुकको ढुकुटी पेन्सन र तलब सकिने अवस्था आउनु मुलुक धुत्ने संगठित अपराधमा मुखिया लाग्नु नै हो। मुलुक चलाउनेले कम्तिमा ५० वर्षपछि आउने समयलाई हेरेर निर्णय गर्नुपर्छ। कल्पना गरौं त हाम्रा बा, हजुरबाले कागती, सुन्तला, नासपाती नरोपिदिएको भए हामी ती सबै चीज ट्रकमा फल्छ भन्ने अवस्थामा पुगिसकेका हुन्थ्यौं।

पितापुर्खाले चौतारो, हिटीधारो, वनजंगल, गुरुकुल संरक्षण गरिदिएकै कारण राजनीतिको सतहमा रहेको पुस्ता चेतना र प्रज्ञामा धेरथोर पूर्ण भयो। यही नेतृत्वले विगतबाट सिकेर, वर्तमानमा इमान नगुमाई निर्णय गरी भविष्य सबैका लागि सुनिश्चित बनाउन सक्नुपर्छ। हैन भने विशुद्ध जनताका लागि गणतन्त्र, लोकतन्त्र यी सबै छालाको थैलाभित्रको गंगाजल शिवाय केही होइनन्।

सिमेन्ट, बालुवा र इँटाले बनेर निष्प्राण ठिङ्ग उभिएको संरचनाबाहेक आस्था, विश्वास र भरको सम्मिश्रणलाई घर मान्ने हो भने नेपाली समाजमा खडेरी लाग्दै गएको छ। हाँडीमा भुटेको ठेट्ना मकै खाने र पपकर्नमा रमाउने पुस्ताबीच मतान्तरको सेतू पहिल्याउन नसक्दा हरेक परिवारमा शान्तिपूर्ण विद्रोहको लाभा उम्लिदैछ। एकातिर प्रत्येक छानोमा तीनपुस्ताको मिलन दुर्लभ बन्दै गएको छ भने अर्कातिर घरलौरी तीनवटा टीभी सेटको जरुरी बढ्नुले पनि सामञ्जस्य, समन्वय, सल्लाह र सम्मानका डोरी चुडिदै गएका छन्।

सिमेन्ट, बालुवा र इँटाले बनेर निष्प्राण ठिङ्ग उभिएको संरचनाबाहेक आस्था, विश्वास र भरको सम्मिश्रणलाई घर मान्ने हो भने नेपाली समाजमा खडेरी लाग्दै गएको छ। हाँडीमा भुटेको ठेट्ना मकै खाने र पपकर्नमा रमाउने पुस्ताबीच मतान्तरको सेतू पहिल्याउन नसक्दा हरेक परिवारमा शान्तिपूर्ण विद्रोहको लाभा उम्लिदैछ।

एउटा प्रधानमन्त्री आफ्नो राजनीतिक सल्लाहकारको योग्यता स्नातकोत्तर तोकेर कानुनी व्यवस्था मिलाउँछ। अर्को प्रधानमन्त्री आउँछ उसले जागिर दिने मानिस स्नातक मात्र भएकाले निर्धारित योग्यतालाई स्नातकमा झार्छ। प्रधानमन्त्रीमा प्रचण्ड आए, उनका सहयोगी विना योग्यताका थिए, अन्ततः त्यो योग्यतालाई पनि शून्यमा बदलिदिए। यो आरोप नभएर यथार्थ हो।

अघिल्ला अर्थमन्त्रीले सीएफएल चिमको महत्त्वलाई प्राथमिकता दिएर सरकारको नीति तथा कार्यक्रम ल्याए। अर्का अर्थमन्त्री लिड चिमको पक्षमा उर्लिए। आखिर लिड र सीएफएल चिमप्रति मन्त्रीको बेग्लाबेग्लै मायापिरेम बसेको रहस्यबारे जनता बेखबर भइरहे। शरीरमा सुगर झेलिरहेका कुनै अर्थमन्त्रीले चकलेट रुचाए भने अर्का चाउचाउ मालिकमा आफ्नो अगाध स्नेह खन्याए।

यसरी मुलुकलाई अन्तिम भोज बनाउने प्रतिस्पर्धा दिन दुईगुना रात चारगुनाका दरले बढ्दो छ। कच्चा पदार्थको भन्सार शुल्क कसिन्छ, तयारी सामानको खुकुलो पारिन्छ, अनि आत्मनिर्भरका भाषण पिंmज काढेर गरिन्छ। दाल, चामललगायतका खाद्यान्नको आयातलाई भन्सार दरमा कसिलो पारेर एक महिनापछि त्यसको रिजल्ट हेरौं त देशको कुन भूभाग बाँझो बस्छ ? मुलुकका योजनाविद्हरु जँड्याहालाई बाख्रो अनुदान दिने कामबाट गरिबी निवारणको ओखती खोज्छन्। उनीहरुको खाकामा बाख्रो दिएको, त्यसले सन्तान फैल्याएको आँकडा त हुन्छ तर उसले हप्ता दिनमा बोतलको पानी रित्याउन त्यही बाख्री सितनका खातिर ढालेको यथार्थ हुँदैन।

समस्याको जड पढेलेखेका सभ्य, शिक्षित मानिसबीच छ तर हामी राउटे र चेपाङ बस्तीमा कुद्न छोड्दैनौं। कुन चाहिँ देश बनाउँछु भनेर छाती फुलाउनेले भन्न सक्छ- ‘मैले मालपोत र नापीमा जग्गाको काम गर्दा एकपैसा पनि घुस ख्वाएको छैन्।’ सबै जागिरेलाई ‘राम्रो’ ठाउँ चाहिएको छ। राम्रो भनेको आमा, श्रीमतीले भात पकाएर खान दिने ठाउँ नभएर घुस खाने ठाउँ भन्ने पुरानो नेपालको बुझाइ नयाँ नेपालमा झन्झन् प्रगाढ बन्दै गएको छ।

जात, क्षेत्र, सम्प्रदाय र धर्मका नाममा स्वार्थको रोटी सेकाउने प्रतिस्पर्धा बढ्दो छ। मर्न आँटेको बेस्याहार गाईको लाम्टो चुस्न झुत्ती खेलेझैं देशसँग ब्याज असुल्नेको भीड छिचोली साध्य छैन।

मेनपावर, जग्गा दलाल, बालुवागिटीका खेलाडी, राजश्वमारा व्यापारी, तस्करले राजनीतिक दल र तिनका सयौं भातृसंस्थाको महाधिवेशनको जिम्मेवारी लिनुपरेपछि सुशासन कुन चरीको नाम हो आफैं अन्दाज गर्न सकिन्छ। अहिले अतिवादको नाराले यत्र, तत्र, सर्वत्र बिटुल्याएको छ।

जात, क्षेत्र, सम्प्रदाय र धर्मका नाममा स्वार्थको रोटी सेकाउने प्रतिस्पर्धा बढ्दो छ। मर्न आँटेको बेस्याहार गाईको लाम्टो चुस्न झुत्ती खेलेझैं देशसँग ब्याज असुल्नेको भीड छिचोली साध्य छैन। चाणक्यले भनेका छन्- ‘जुन देशमा आफनो सम्मान छैन, अनि जहाँ जीविका चलाउने साधन छैन, जहाँ बन्धुवान्धव छैनन्। जहाँ विद्याध्ययन गर्ने उपाय, दण्डको भय, लाज, चातुर्य र त्यागभाव छैन, त्यस्ता ठाउँमा बास बस्नु हुँदैन। त्यस्तो स्थान छोडेर अन्यत्र गई यी विषयको खोजी गर्नु उपयुक्त हुन्छ।’विदेशिएकाले चाणक्यका यही नीति सन्देशलाई शिरमा राखिरहे भने के हुन्छ ?

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ९ : ०८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न