बिस्केट जात्रा व्यवस्थित ढङ्गले सञ्चालन गर्न छलफल « Khabarhub

बिस्केट जात्रा व्यवस्थित ढङ्गले सञ्चालन गर्न छलफल


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट (बिस्का) जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा प्रहरी, सरकारी कार्यालयका प्रमुख, गुठी संस्थान, जात्रा सञ्चालक, राजनीतिक दलका प्रतिनिधि, स्थानीय क्लब र सरोकारवाला सहभागी बैठकले निर्वाध जात्रा सम्पन्न गर्न विविध निर्णय गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जात्रा अवधिभरि मदिरा बिक्री गर्ने पसल पूर्णरुपमा बन्द गराउने निर्णय भएको छ ।

जात्रा सञ्चालन हुने मुख्य सडक र चोकमा ‘सिसी क्यामरा’ जडान गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् । जात्रा बिथोल्नेलाई कडा कारबाही हुने उनको भनाइ छ । उनले भनिन्, ‘हामीले गत वर्षको जात्रामा ढुङ्गा हान्दै गरेको भिडियो चोकचोकमा सार्वजनिक गरेका छौँ, जात्रा बिथोल्न खोज्ने भिडियोमा देखिन्छन्, यस वर्ष पनि भिडियो खिचेर  सार्वजनिक गर्छौँ ।’

बिस्का जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायले गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान शाखा कार्यालय, भक्तपुरले गर्ने, जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले गर्ने भएको छ ।

बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रका तार, केबल र फाइबर नेटका केबल सम्बन्धित सेवाप्रदायकले व्यवस्थापन गर्ने, जात्रा सञ्चालन हुने दिनमा नगरका सम्पूर्ण अस्पतालमा रहेका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका उपकरण तयारी अवस्थामा राख्ने तथा नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको छ ।

चैत ३०, वैशाख १ र ५ गते भीड हुने स्थानमा नेपाल स्काउटबाट स्वयम्‌सेवक परिचालन गरिनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १० : ०३ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको