भारतको औषधि कम्पनीमा विस्फोट, पाँच जनाको मृत्यु « Khabarhub

भारतको औषधि कम्पनीमा विस्फोट, पाँच जनाको मृत्यु


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ बिस्फोट भएको थियो । बुधबार साँझ चन्दापुर गाउँको औषधि कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा बिस्फोट भई आगलागी हुँदा औषधि कम्पनीका सह–निर्देशक सहित पाँच जना कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन् । 

घटनापछि आगलागी नियन्त्रणमा लिन अग्नि नियन्त्रक र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई अस्पताल पुर्‍याइएको थियो । 

प्रारम्भिक अनुसन्धानले कारखानाभित्रको केमिकल रिएक्टर बिस्फोट भई आगलागी भएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार बिस्फोटको प्रभावले औद्योगिक परिसरको एउटा भवन ढलेको थियो । भारतमा औद्योगिक सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्नेक्रम बढेसँगै कारखानामा बिस्फोटका घटना बढ्न थालेको पाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ५ : ३६ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी