नेपाल टेलिकमले गर्‍यो सुन्धारा क्षेत्रको कपर प्रविधिको टेलिफोन सेवा बन्द « Khabarhub

नेपाल टेलिकमले गर्‍यो सुन्धारा क्षेत्रको कपर प्रविधिको टेलिफोन सेवा बन्द


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित आधारभूत टेलिफोन (पीएसएनटी) सेवालाई फाइबर टू दी होम प्रविधिमा स्तरोन्नति गरेको छ ।

बिहीबार दूरसंञ्चार कार्यालय सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेकी हुन् ।

कपर प्रविधिबाट वितरित टेलिफोन तथा ए.डि.एस.एल. लाइनहरू पूर्ण रूपमा आधुनिक फाइबर प्रविधिको नेटवर्कमा माइग्रेसन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनीका प्रबन्ध निर्देशक संगीताले टेलिकम क्षेत्रमा प्रविधि रूपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरूप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रूपान्तरण गरिएकोमा खुसी व्यक्त गरिन् ।

एफटीटीएच प्रविधिमा माइग्रेसन भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ६ : ५५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा