इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको भिडन्तमा २८ जनाको मृत्यु « Khabarhub

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको भिडन्तमा २८ जनाको मृत्यु


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बुधबार राति भएको भीषण झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको इरानको सरकारी समाचार संस्था इरनाले जनाएको छ ।

जैश अल–जुल्म नामक लडाकू समूहका सदस्यहरूले यस क्षेत्रका सेना र प्रहरीका कार्यालयहरूमा समन्वित आक्रमण गरेपछि हिंसा भड्किएको थियो ।

रिपोर्टका अनुसार रास्क काउन्टीमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर ९आईआरजीसी०’ को एक सैन्य चौकी, आईआरजीसी मुख्यालय र चाबहार काउन्टीमा कोस्टगार्ड प्रहरी कार्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

उक्त भिडन्तमा १८ लडाकू र १० सुरक्षाकर्मीको मृत्यु भएको र झडप समाप्त भएको र प्रभावित क्षेत्रमा सुव्यवस्था कायम गरिएको इरनाले जनाएको छ ।

आक्रमणकारीले विस्फोटक पदार्थ प्रयोग गरी आक्रमण गरेको आईआरजीसीका ग्राउन्ड फोर्स कमान्डर मोहम्मद पाकपुरले जानकारी दिए ।

इरानले आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको जैश अल–जुल्म यसअघि पनि इरानी सुरक्षा बल र सर्वसाधारणलाई लक्षित गरी गरिएका आक्रमणमा मुछिएको छ । यस समूहको गतिविधिले यस क्षेत्रमा तनाव बढाएको छ र इरानको सुरक्षा प्रयासलाई गम्भीर चुनौती दिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ८ : २७ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज