त्रिवि पत्रकारिता विभागका पूर्वविद्यार्थीको ‘अल्मुनाइ’ गठन « Khabarhub

त्रिवि पत्रकारिता विभागका पूर्वविद्यार्थीको ‘अल्मुनाइ’ गठन


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको भेलाले आज पूर्व ‘अल्मुनाइ’ गठन गरेको छ ।

विभागका प्रमुख प्रा चीरञ्जीवी खनालको उपस्थितिमा भएको भेलाले माधवप्रसाद तिवारीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लीला भट्टराई, सचिवमा शन्तराम विडारी र कोषाध्यक्षमा पूर्णिमा पराजुली रहेका छन् ।

यस्तै सदस्यहरुमा लोकेन्द्र केसी, हेलिमा राई, बाबुराम तिमल्सिना, सुनील पौडेल, प्रवीण पोखरेल, कुमारसिंह विष्ट, सौगात मिश्र, सोमप्रसाद डोटेल र सन्तोगा रोकाया रहेका छन् । अल्मुनाइ गठनका लागि विभागले उपप्राध्यापक डा जगत नेपाल, तिवारी र भट्टराई रहेको कार्यदल गठन गरेको थियो ।

भेलामा विभागका प्रमुख प्रा खनालले पत्रकारिता अध्ययन गरेका पूर्वविद्यार्थीहरु विभिन्न सञ्चारमाध्यमका साथै देशदेशान्तरमा कार्यरत हुन पुगेको स्थितिमा अल्मुनाइ ती सबैलाई जोड्ने सेतु बन्न सक्ने बताए।

विश्वविद्यालयले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि तथा २०७४ सालदेखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ९ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै