आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार सन् २०२४ मे ४ तारिख। वैशाख कृष्ण पक्षको एकादशी तिथि।ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : अरुलाई काम लगाएर फाइदा लिनुपर्ने दिन छ। सोचेर बोल्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : निजी धनको सदुपयोग गर्ने दिन हो। लगानीको क्षेत्र छनोट आफैले गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानी बढ्नेछ। विदेश यात्रा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आम्दानी भए पनि सदुपयोग नहुँदा मिहेनतको फल प्राप्त नहुनसक्छ। सत्य बोल्ने मान्छेसँग मात्र संगत गर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको सम्बन्ध राम्रो छ। वैदेशिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत हुनुपर्छ।

कर्कट : तपाईंको कार्यशैलीप्रति धेरैले असन्तुष्टि जनाउने छन्। जुनसुकै काम गर्नु अगाडि पूर्व तयारी आवश्यक देखिन्छ। परिवारसँग सल्लाह गरेको कामबाट मात्र फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट मन खुशी हुनेछ। दोहोरो कुरा गर्नेसँग सचेत हुनु राम्रो हुन्छ। अरुको कुरा सुनेको भरमा परिवारलाई अविश्वास गरेमा घाटा हुनेछ।

सिंह : बुद्धिको प्रयोग गरेर जीवनलाई अगाडि बढाउनु राम्रो हुन्छ। रिसले तपाईंको क्षति हुनेछ। सनकको भरमा कुनै पनि काम नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : आफन्त खुट्टा तान्न सक्रिय हुनसक्छन्। आफू भन्दा ठुलाको सुझाव लिएर काम गरेमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

तुला : धेरै जनाको चित्त बुझाउने काम गर्दा आफूलाई घाटा हुनेछ। सोचेर गरेको लगानी भए शिक्षामा फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। विदेशमा भन्दा स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ। तपाईंलाई देखेर धेरै जनाले स्वदेशमै लगानी गर्दा फाइदा हुन्छ भन्ने कुरा बुझेका छन्।

वृश्चिक : आफू भित्रको खुशी भुलेर बाहिर खुशी खोज्दा निराश हुनुपर्नेछ। आफूभित्र रमाउन सकेमा हरेक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक लगानीबाट राम्रो हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

धनु : नयाँ नयाँ सम्भावनाका ढोका खुल्नेछन्। मन उत्साहित हुनेछ। अधुरा योजना सञ्चालन हुनेछन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। गुरुको आर्शिवादले मन खुशी हुनेछ।

मकर : पुरानो धन जोगाउनुपर्ने समय छ। ठूलो खर्च नगरेको राम्रो हुनेछ। थोरै बोलेर धेरै काम गर्नुपर्नेछ। बिहानै शिवको भजन सुन्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शनिदेवको छाया योग रहेको छ। सकारात्मक ठाउँमा शनिदेव भए उन्नतिको अवसर मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। वैदेशिक लगानीको क्षेत्रबाट फाइदा हुनेछ।

मीन : कुरा काट्नेहरु सक्रिय भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। अहिले साढे सात चल्दैछ। शनिबार वर र पिपलको दर्शन गर्नु राम्रो हुन्छ। परिवारको साथ निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ५ : १६ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित