जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता « Khabarhub

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा सानो पानी जहाज (टगबोट) मा आगलागी हुँदा पाँच जनाको उद्धार गरिएको उल्लेख गर्दै एक जना अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

मियाकोजिमा कोस्ट गार्ड कार्यालयलाई स्थानीय समय अनुसार बिहान करिब ८ बजेर बजेर १५ मिनेटमा आगलागीको खबर प्राप्त भएको थियो । 

पछि, जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ र्‍याफ्ट (बचाउका लागि प्रयोग गरिने डुङ्गा) मा सवार छ जना जापानी चालक दलका सदस्यमध्ये पाँच जनालाई फेला पारेको थियो । उनीहरू कसैलाई पनि ज्यान जोखिममा पर्ने गरी चोटपटक नलागेको जनाइएको छ । 

 बेपत्ता रहेका चालक दलका बाँकी एक सदस्यको खोजी कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ६ : ४७ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा