जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै « Khabarhub

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री योकोले भोलि नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीइ औपचारिक वार्ता गर्ने तय भएको छ ।

उक्त वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुने बताइएको छ । यस्तै, अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

जापानबाट अहिलेसम्म तीनजना विदेशमन्त्रीले नेपाल भ्रमण गरेका छन् भने कामिकावा चौथो हुन् । कामिकावा आइतबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ७ : ०५ बजे

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर