गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा « Khabarhub

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी

काठमाडौं – वैशाखको चर्को घाम, सायद ३ बजेको समय गर्मी र थकित एक जना सानो भाइ हामी बसेकै खाजा घरमा ड्यु पिउँदै थिए। म गोदावारीमा शनिबार रमाउन आएका मानिसको फोटो खिच्न व्यस्त थिएँ। यत्तिकैमा त्यो सानो भाइले भने, “दाइ फोटो त सोधेर खिच्दा राम्रो होला।”

मैले उसको नाम भन्दा पहिले उमेर सोधे, उमेर १२ वर्ष पनि नपुगेको, उमेरमा कलिलो तर व्यवहारमा निकै पाका सानो भाइ रितिक पासवान, घर रौतहट जिल्ला, घरमा बा, आमा मात्र, एक जना दाइ त्यो पनि विदेशमै हराएको, बा मुटुको रोगी, घरमा दैनिक हातमुख जोड्न पनि धौधौ यही कारणले गर्दा १२ वर्ष पनि नपुगेका रितिक कक्षा चारमा पढ्दै गर्दा गाउँ कै चिनेको एकजना दाइसँग काठमाडौँ तिर हानिए।

साहुले दिएको कटन क्याण्डी र खेलौना बिक्री गर्न दिनभर काठमाडौंका विभिन्न ठाउँमा पुग्ने रितिकसँग मेरो भेट रिपोर्टिङको शिलशिलामा गोदावारी भयो। शनिबार गोदावारीमा लाग्ने मानिसको भीड र त्यही भिडको वरिपरि हिँड्ने रितिकसँग कसैले किनीदिन्छ कि भन्ने आशा बाहेक केही छैन। मैले रितिकसँग २४ घण्टाको केवल दुई घण्टा मात्र बिताए, उसको जीवनको भोगाइलाई नजिकबाट हेर्ने प्रयास गरेँ ।

हामीसँगसँगै हिँड्दै जाँदा गोदावारीमा सामूहिक भोज भइरहेको स्थानमा पुग्यौँ। सानो उमेरमा पनि बाध्यता, अवस्था र परिस्थितिले रितिकलाई इमानदार र व्यवहारिक बनाएको छ। सायद सधैजसो गोदावारी मै आउने भएकाले होला रितिकलाई त्यहाँ नचिन्ने र नबोल्ने कोही छैन।

रितिकको दैनिकी क्याण्डी बिक्रीका लागि हिँड्ने हो, साहुले हातमा थमाई दिएको क्याण्डी र केही खेलौना, यही बिक्री गर्ने रितिकको लक्ष्य पनि हो। दैनिक कहिले चार सय, कहिले पाँच सय त कहिले सात सय आठ सय कमाइ हुन्छ। महिनाको तलब भने ६ हजार मात्र छ। त्यसमा पनि आधा भन्दा बढी कमाई घरमा पठाउँछन्।

ललितपुरको लगनखेलमा साहु र साहुको भाइ अनि आफू जस्तै क्याण्डी बिक्री गर्न हिँड्न अरु दुई चार जना साथीसँगै बस्छ रितिक। आफ्नो गाउँबाट टाढा राजधानीमा उमेरै नपुगी काम गर्न बाध्य रितिकलाई सायद थाहा छैन। आफू स्वयम् बाल श्रम शोषणमा परेको छु। यसरी काठमाडौँ उपत्यकामा विभिन्न ठाउँमा क्याण्डी बिक्री गर्ने साना भाइ बहिनीलाई साहुले नै गाउँबाट ल्याउने र यसरी नै काममा लाग्ने गरेको रितिकले बताए। मेरो साहुको नाम शैलेन्द्र साह हो। हामीलाई उसैले सामान दिन्छन्, दिनभर बेच्ने कोठाबाट बिहान १० बजे निस्कने र साँझमा ७ बजे फर्कने तर शनिबार चाहिँ ८ बज्छ।

यसरी सडकका किनारा, पार्क र विभिन्न मेला जात्रामा क्याण्डी राम्रैसँग बिक्री पनि हुन्छ। महाननगर तथा नगरपालिकाको पछिल्लो निर्णय अनुसार विभिन्न रङ प्रयोग गरिएका क्याण्डी मानव स्वास्थ्यका लागि हितकारी नभएका कारण बिक्री वितरणमा निषेध गरिएको छ। भिन्न बाध्यता र पारिवारिक अवस्था र परिस्थितिका कारण आफ्नो कलिलो उमेरमै बालश्रम गर्न बाध्य भएका रितिक पासवास र उ जस्तै बालबालिकालाई सरकार र सम्बन्धित निकायले ध्यान पुर्याउन अझै ढिला गर्नु हुँदैन।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ८ : ४१ बजे

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् ९ एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

कीर्तिपुर मैदानमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ– नेपाली क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको

जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले उपाधि जितेको छ