तान्जानियाको राष्ट्रपतिमा सामिया पुनः निर्वाचित « Khabarhub

तान्जानियाको राष्ट्रपतिमा सामिया पुनः निर्वाचित


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तान्जानियामा पछिल्लो केही दिनदेखि जारी अशान्तिका बीच भएको निर्वाचनमा राष्ट्रपति सामिया सुलुहु हसन विजय भएकी छन । 

तान्जानियाको निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत प्राप्त गरिन् ।

निर्वाचन आयुक्तका अनुसार बुधबार भएको मतदानमा देशका तीन करोड ७६ लाख पञ्जीकृत मतदातामध्ये ८७ प्रतिशत अर्थात् तीन करोड २० लाख मतदाताले मतदान गरेका थिए । यीमध्ये ९७.६६ प्रतिशत अर्थात् करिब तीन करोड १९ लाख मत सामियालाई प्राप्त भएको थियो ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता र देशमा फैलिएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।

विगतमा चुनावको पारदर्शिताको विरोधमा देशका धेरै भागमा हिंसा भएको थियो । सयौं मानिस मारिएका छन् भने सयौँ घाइते भएका छन् । देशभरि इन्टरनेट काटिएको छ। इन्टरनेट नहुँदा मृत्यु हुनेको वास्तविक सङ्ख्या पुष्टि गर्न पनि कठिन भएको छ ।

निर्वाचन परिणमपछि सरकारले हिंसाको मात्रालाई कम गर्न खोजेको र स्थिति नियन्त्रणमा लिन कफ्‌र्यु लगाएको छ ।
 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ५२ बजे

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको