आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै « Khabarhub

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । बैंगलुरुमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ । ६ अंक जोडेको बैंगलुरु अंकतालिकामा पुछारमा रहेको छ ।

यस्तै, गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंक जोडेको गुजरात आठौँ स्थानमा छ ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता खेलाडी छन् ।।

रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।

यता, गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।

यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता खेलाडीको भूमिका महत्वपूर्ण रहने छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ८ : ३५ बजे

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा