पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ | Khabarhub Khabarhub

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन भारतीय नागरिकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या आरोपमा २२ वर्षीय करण बरार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह पक्राउ परेको क्यानडा प्रहरीले जनाएको छ ।

तीनै जनालाई क्यानडाको एक सहर अल्बर्टाको एडमन्टनबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु विगत कम्तिमा तीनवर्षदेखि क्यानडामा बस्दै आएका थिए ।

पक्राउ परेका तीनै जनालाई हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ । पक्राउ परेका माथि छुट्टाछुट्टै अनुसन्धान भइरहेको छ।

यस्तै, उक्त हत्यामा अरु पनि संलग्न हुन सक्ने र थप पक्राउ वा मुद्दा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

गत वर्षको जुनमा क्यानडाको भ्यानकुभर नजिकै बन्दुकधारीले ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरेका थिए । निज्जरको हत्यापछि भारत र क्यानडाबिच ठुलो कूटनीतिक विवाद उत्पन्न भएको थियो ।

निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसमा भारतको संलग्नता रहेको आरोप लगाउँदै आफूसँग यथेष्ट प्रमाण रहेको बताउँदै आएका थिए । तर, भारतले उनको आरोपे अस्वीकार गर्दै आएको छ ।

प्रहरीले भारत सरकारसँगको सम्बन्धसहित अनुसन्धान जारी रहेको जनाएको छ ।

 

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ९ : ४० बजे

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल