वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन  « Khabarhub

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेपाल समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

केही दिन यता काठमाडौं लगायत देशभर वायु प्रदूषण बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै समाजवादी पार्टीले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

बढ्दो वायु प्रदूषण र यसले बालबालिका देखि आम नागरिकमा ल्याएको स्वास्थ्य जटिलता; देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको प्रदर्शनमा सहभागीहरूको भनाइ छ ।

पर्यावरणीय संकटबारे सरकारको एकदम कमजोर जवाफदेहिता र बेलैमा रोकथामको निम्ति लिनुपर्ने पहलहरूमा बेवास्ताप्रति खबरदारी गर्न प्रदर्शन गरिएको नेपाल समाजवादी पार्टीका नेतृ मानुषी यमी भट्टराईले बताए । स्वच्छ वातावरणको संवैधानिक मौलिक हक सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । 

प्रदर्शनमा सहभागीहरुले नेता बस्छन् एसीमा, जनता धुलो धुवाँमा, हाम्रो जंगलमा डढेलो  हेर्दा कहाली लाग्छ, यस्तो अवस्थामा सरकार तिम्लाई निन्द्रा लाग्छ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ४ : १४ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा