वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन  | Khabarhub Khabarhub

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेपाल समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

केही दिन यता काठमाडौं लगायत देशभर वायु प्रदूषण बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै समाजवादी पार्टीले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

बढ्दो वायु प्रदूषण र यसले बालबालिका देखि आम नागरिकमा ल्याएको स्वास्थ्य जटिलता; देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको प्रदर्शनमा सहभागीहरूको भनाइ छ ।

पर्यावरणीय संकटबारे सरकारको एकदम कमजोर जवाफदेहिता र बेलैमा रोकथामको निम्ति लिनुपर्ने पहलहरूमा बेवास्ताप्रति खबरदारी गर्न प्रदर्शन गरिएको नेपाल समाजवादी पार्टीका नेतृ मानुषी यमी भट्टराईले बताए । स्वच्छ वातावरणको संवैधानिक मौलिक हक सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । 

प्रदर्शनमा सहभागीहरुले नेता बस्छन् एसीमा, जनता धुलो धुवाँमा, हाम्रो जंगलमा डढेलो  हेर्दा कहाली लाग्छ, यस्तो अवस्थामा सरकार तिम्लाई निन्द्रा लाग्छ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ४ : १४ बजे

हिरासततिर कैलाश सिरोहिया (तस्बिरहरू)

जनकपुरधाम-  जिल्ला अदालत धनुषाको आदेशअनुसार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश

गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण

चितवन– जिल्लामा गर्मी बढेपछि चितवन कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण

सिरोहिया तीन दिन हिरासतमा : श्रीमती, दुवै छोरा र बुहारी श्रृंखला पनि जनकपुरमा

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले

अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ प्रतिशत

काठमाडौं– देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमतीको रहने देखिएको छ

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकद्वारा छुट सम्झौता

पोखरा– पोखराको लेकसाइडमा रहेकाे होटल सरोवर प्रा.लि र किङ्गस लाउन्जमा