प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने | Khabarhub Khabarhub

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेका थिए ।

यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, प्रतिनिधिसभाका पूर्व सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

गुरुङ २०६४ सालको संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट ताप्लेजुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा सदस्यमा समानुपातिक सांसद दिए । गुरुङको २०८१ साल वैशाख २५ गते निधन भएको थियो ।

यस्तै, शाह २०४८ सालमा कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके–१ बाट निर्वाचित भएका थिए । उनको २०८१ साल वैशाख २५ गते निधन भएको थियो ।

यसैगरी, रेग्मी २०५८ सालमा कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । उनको २०८१ साल जेठ १ गते निधन भएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : ३९ बजे

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक

कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस्

काठमाडौं- स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको ठाउँ हो- भान्साकोठा । हामी

ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान

काठमाडौं– च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले एआईबाट सञ्चालन हुने वेब ब्राउजर