भारत लोकसभा मतपरिणाम : एनडीए ८७ , इन्डिया गठबन्धन ६५ सिटमा अगाडि* | Khabarhub Khabarhub

भारत लोकसभा मतपरिणाम : एनडीए ८७ , इन्डिया गठबन्धन ६५ सिटमा अगाडि*


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय संसद्को तल्लो सदन लोकसभाको ५४३ सदस्यको लागि भएको मतदानको अन्तिम मतपरिणाम आउन थालेको छ।

केन्द्रमा सरकार बनाउनको लागि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एन्डीए) र विपक्षी भारतीय राष्ट्रिय काँग्रेस नेतृत्वको इन्डियन नेश्नल डेभलप्मेन्ट इन्क्लूसिभ अलायन्स (आइएनडिआईए) गठबन्धनबिच प्रतिस्पर्धा भइरहेको छ।

हालसम्म एनडीए ८७, इन्डिया गठबन्धन ६५ र अन्य ६ सिटमा अगाडि छन्।

निर्वाचन मुख्य आयुक्त राजीज कुमारका अनुसार १९ अप्रिलदेखि जुन १ तारिखसम्म भएको मतदानमा ९६ दशमलव ८ करोड मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो अधिकार प्रयोग गरेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्म स्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा छन्।

चुनाव सम्पन्न भएपछि सार्वजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि अत्यधिक बहुमतसहित सत्तामै रहने नतिजा सार्वजनिक गर्दै आएका छन्।

५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ। एक सिटमा एनडीएका उम्मेदवार निर्विरोध भइसकेका छन्।

त्यस्तै विपक्षी इण्डिया गठबन्धनले भने आफूहरुको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबी गर्दै आएका छन्।

*(यसअघि अगाडि हुनुपर्नेमा निर्वाचित भएकाले भुलसुधार गरिएको छ । -सम्पादक)

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ८ : ५३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य