सत्ताको सोरुममा नेताको 'सपिङ' | Khabarhub Khabarhub

सत्ताको सोरुममा नेताको ‘सपिङ’



एउटा वृद्ध व्यक्ति ईश्वरसँग सधैं कचकच गर्दै भन्दो रहेछ- ‘तपाईं अरुलाई रोजेको बर दिनुहुन्छ। मलाई वास्ता गर्नुहुन्न।’दिक्दार भएर ईश्वरले भने छन्- ‘तिमीले मलाई हैरान बनायौ। ल एउटा मात्रै बर माग, म दिन्छु।’ बुढोले मुख मिठ्याउँदै भनेछ- ‘मैले खनातिको पालामा २० तले घरमाथि १० पाथी दही हरेक दिन मथ्न पाउँ।’

उसले मागेको बर सामान्य सुनिन्थ्यो। तर त्यसभित्र खनातिको पालासम्म आयु , २० तला घर निर्माणको धन दौलत, १० वटा भैंसी चरिचराउका लागि जमिन, १० पाथी दही मथ्ने शारीरिक सामथ्र्य र आरोग्य सबै प्राप्त गरेको थियो।

सत्ता, शक्तिको हली बन्न गौरव गर्ने आम नेपालीको चरित्र बुझेर खेलो फड्कोमा रमाएका केही राजनीतिक पेटी ठेकेदारले दशकौंदेखि यो देशमा तिनै लोभी वृद्धले झैं एक सूत्रीय धन्दा गरिरहेका छन्। दुई विशाल छिमेकी मुलुक चीन र भारतमा स्थापित नरेन्द्र मोदी र सी चिनफिङको उदय नहुँदै राजनीतिको नाङ्ले व्यापार खोलेका नेताहरु साढे तीन दशकदेखि राज्यको ‘ज्वाइँ’ भएर पालिएका छन्। ०७ सालयताको अनौपचारिक तथ्याङकले १५ सयमाथि मन्त्रीको जागिर खानेको संख्या पुगेको छ।

पाँच दशकअघि पुलिसलाई ढुंगा हानेबापत हातमा लाएको नेलको ब्याज स्वरुप अहिले कपालमा दल्ने जेल र बेलुका ठाडो घाँटी लगाउने जलसम्मको प्रबन्ध सरकारी खर्चबाटै हुन्छ। भूजा ज्यूनार गर्ने सहरको बंगलादेखि गाउँको गाईगोठमा पुलिसको तैनाथी कायमै छ।

सत्तामा हुँदा होस या नहुँदा नेताको एकछत्र राज छ। अब प्रतिपक्षी दलको अस्तित्व नामेट भइसकेको छ। कमिसन सबै ढोकामा पुगेपछि प्रतिपक्षी हुनु नै किन पर्यो र ! पाँच दशकअघि पुलिसलाई ढुंगा हानेबापत हातमा लाएको नेलको ब्याज स्वरुप अहिले कपालमा दल्ने जेल र बेलुका ठाडो घाँटी लगाउने जलसम्मको प्रबन्ध सरकारी खर्चबाटै हुन्छ। भूजा ज्यूनार गर्ने सहरको बंगलादेखि गाउँको गाईगोठमा पुलिसको तैनाथी कायमै छ।

राजामहाराजाको अमनचैन देखेर त्यही विषय मसला बनाएर राजनीतिक लहरोमा उकालो लागेको त्यो पुस्ताले आफूमा त्यही रंग चढेको पत्तै पाएन। हिन्दी सिनेमाको नायकले सिनेमामा देखाएको चट्कलाई सम्झिएर राजनीति मैदानमा आएका उनीहरुमा घोडाको तस्बिर उतार्नु र तबेलामा घोडा पाल्नु फरक हो भन्ने चेतनाले अझै प्रवेश पाएको छैन। भ्रम भजाएर दशकौंदेखि नेता चामल आफ्नो र भूस जनताको भागमा पार्न सफल छन्। राज्यसत्तामा पुगेपछि आफ्नै सोखको ‘सपिङ लिस्ट’ समाजवादको पहिलो र अन्तिम खुड्किलो बन्दै आएको छ।

दल नामको प्राइभेट लिमिटेड पार्टीका महाप्रबन्धकले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा देश अस्थिपञ्जर बन्दै गइरहेको छ। पहिला पहिला सरकारी बैंकमा नोगजा (नोट गर्न जान्ने) एउटा पद थियो। नेपालका हरेक निकायका मुखियाले अघोषित रुपमा नोट गन्न जान्ने कारोवारी राखेका हुन्छन्। यो वा त्यो व्यवस्था र व्यक्तिको विषय नभएर यो खुला सत्य हो।

नेपालका हरेक निकायका मुखियाले अघोषित रुपमा नोट गन्न जान्ने कारोवारी राखेका हुन्छन्। यो वा त्यो व्यवस्था र व्यक्तिको विषय नभएर यो खुला सत्य हो।

पुलिसको चौकी इन्चार्ज-आईजीपी, डिठ्ठा-प्रधानन्यायाधीश, वडा सदस्य-प्रधानमन्त्रीसम्म यो मामलामा कोही निरपेक्ष छैनन्। काम गर्न सजिलो या नैतिक मर्यादाका कारण नभई आफू अनुकूलको किलो गाड्न यस्ता कसरत हुने गरेका छन्। राष्ट्रिय पार्टीको हेडसर हुनु भनेको सानोतिनो राष्ट्र बैंकको शाखाले चलाउने बराबरको आर्थिक औकात राख्नै पर्छ। नेपालमा एउटै मान्छे उम्रेदेखि खुम्रेसम्म किन पार्टीको शासक बन्छ भन्ने प्रश्नको उत्तर यही मनोविज्ञानसँग गाँसिएको छ। बिहान नेतासँग भत्ता बुझेर दिउँसो सदाचारको नारा दिने कार्यकर्ताबाट पालित पोषित लोकतन्त्र नै त हाम्रो असली परिचय हो।

ओली, दाहाल र देउवा यस्ता पात्र हुन, जो आफ्नो ताज बचाउन अरबमा सौदा खेल्न सक्छन्। अरबौं हान्न सक्छन्। करोडौं बाँड्न सक्छन्। ती पार्टीका अरु नेतामा यो कौशलता शून्य छ। त्यसैले रोग, भोक र शोकले जति गाँजे पनि उनीहरुको साम्राज्य एकछत्र छ। माधव नेपालको इतिहास बैंक जागिरेबाट सुरु भएपनि उनी कुशल म्यानेजर कम, खजाञ्ची ज्यादा देखिए। रामचन्द्र पौडेलको क्यालकुलेटरले हजारभन्दा माथिको हिसाब गर्नै जान्दैन।

नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित वा अघोषित शैलीमा सघाएका छन्।

नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित वा अघोषित शैलीमा सघाएका छन्। यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर। जसरी फलाम आफूभित्रै निस्कने खियाबाट सखाप हुन्छ, त्यसरी नै देशलाई अधोगतितर्फ लान यहीँका गतिविधि जिम्मेवार छन्। अरुलाई दोष दिनु भनेको आफ्नो कमजोरी छोप्ने धृष्टता शिवाय केही होइन।

इतिहास साक्षी छ- राजा त्रिभुवनका सेक्रेटरी गोविन्दनारायण भन्ने भारतीय नागरिक थिए। त्यसबेला तराईका पाठशालामा हिन्दी भाषामा पढाई हुन्थ्यो। देशभर भारतीय मुद्राको विनिमय सहज थियो। प्रत्येक मन्त्रालयमा भारतीय नागरिक सल्लाहकार थिए।

प्रधानन्यायालयको स्थापना भारतीय नागरिक हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश बनाएर गरिएको थियो। उत्तरी चेकपोष्ट भारतीय सुरक्षाकर्मी राखिएका थिए। प्रत्येक मन्त्रालयमा भारतीय सल्लाहकार थिए। अरु त अरु मन्त्रिपरिषद्को बैठकमा समेत भारतीय दूतको उपस्थिति रहन्थ्यो। अहिले बिग्रिएको भन्दाभन्दै धेरै सप्रिएको अवस्था छ।

सार्वभौम नेपाली जनताले जिताएर पठाएकाले सरकार चलाएका छन्। देश विदेश पढेका उम्दा प्रतिभा राष्ट्रसेवक छन्। भाषा, साहित्य, संस्कृति समृद्ध छ। चेतनाको स्तर कोहीभन्दा कम छैन। तर दलालीको प्रतिशतको पारो यसरी बढेको छ कि त्यो घोषित अवस्थालाई अहिलेको अघोषित अवस्थाले लाभाले जस्तै खग्रास बनाएको छ। तिनै भारतीय भनिने हरिप्रसाद प्रधानले सर्वोच्च अदालतको मानमर्दन गरेको अभियोगमा डिल्लीरमण रेग्मीजस्ता राजनीतिज्ञलाई ६ महिनाको जेल सजाय सुनाएका थिए।

जताततै न्याय मरेको छ। सत्यको पक्षमा बोल्नु भनेको अपराध गर्नु हो भन्ने बुझाइले आम मानिसमा घर गर्दै गएको छ। अबोलाको पीडा बोल्ने सञ्चार जगत समाचार कम, त्रास अधिक बाँड्न व्यस्त छ। त्यही भएर देशका ठूला मिडिया हाउसभन्दा युटुब चलाउनेहरुमाथि जनताको भरोसा बढ्दो छ।

चार पासेले ढपक्कै ढाकेको प्रधान न्यायालयमा कानुनमा स्नातक नगरेकालाई अयोग्य करार गरी न्यायालयको प्राज्ञिक मर्यादा माथि उठाए। विवाहित छोरीलाई सन्तान नठान्ने कानुन खरानी बनाएर छोरीलाई अपुताली सम्पतिको हकवाला बनाए। काम गर्ने नागरिकताले नभएर नियतले हो। सात दशकअघि न्यायालयमा गरिएका यस्ता सुधार कसैका लागि अनुकरणीय भएन। बरु कानले हेरेर न्याय दिने सम्वेदनशील ठाउँका न्यायमूर्तिको नियुक्तिको मापदण्ड पावर, पैसा र राजनीतिक प्रभावलाई बनाइयो। न्यायालयमा रोपिएको विषवृक्षमा फलेको फलले विरुवा हुर्काउने नर्सरीवाला नै शिकार बन्ने निश्चित छ। त्यो बेला निलकण्ठ विष आफूले खाएर कल्याण गर्ने महादेव यो धरामा निस्कने छैनन्।

राजनीतिभित्र पसेको राक्षसी सोचका कारण आज हरेक नागरिक दिनमा दर्जनौं पटक मरेर बाँच्न बाध्य छन्। कलेजका प्राध्यापक कुटिएका छन्। हाकिमलाई पियनले लघारेका छन्। प्राध्यापक आफ्ना छोरा उमेरका तिते भुराको अपमान सहन बाध्य छन्। देउता खुसी पारेर पेट भर्ने पुजारी मूर्ति बेच्ने होडमा छ।

चालकहरु पाखा लागेका छन। हरेक गाडीको स्टेयरिङ सहचालकले समाएको छ। अस्पतालमा रोगी भर्नाका लागि समेत सोर्स लगाउनु पर्छ। जताततै न्याय मरेको छ। सत्यको पक्षमा बोल्नु भनेको अपराध गर्नु हो भन्ने बुझाइले आम मानिसमा घर गर्दै गएको छ। अबोलाको पीडा बोल्ने सञ्चार जगत समाचार कम, त्रास अधिक बाँड्न व्यस्त छ। त्यही भएर देशका ठूला मिडिया हाउसभन्दा युटुब चलाउनेहरुमाथि जनताको भरोसा बढ्दो छ।

प्रधानमन्त्री प्रचण्डले उर्दी लगाउँदा सय रुपियाँ नझिक्ने नेपाली समाज भाग्य न्यौपाने, कृष्ण कँडेल, भोजराज थापा, सन्तोष देउजा, अर्जुन भुसालजस्ता युटुबरलाई बैंकको खाता नै जिम्मा लगाउन तयार छन्। विदेशी माटोमा रहेको तप्का त झन् मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका नै यही पंक्तिलाई मान्छ। हो, आत्मनिरीक्षणको खाँचो यहीँ छ। अरु त अरु राजनीतिक अराजकताको प्रभाव नेपाली भाषामा पनि परेको छ। प्राज्ञिक समुदायको विशिष्ट थलो मानिने प्रज्ञा प्रतिष्ठानले निकालेको बृहत शब्दकोषबाट धेरै शब्दावलीको चिरहरण भएको छ। कुखुराको फुल र गुलाफको फूल समान बनाइएको छ।

प्राज्ञिक समुदायको विशिष्ट थलो मानिने प्रज्ञा प्रतिष्ठानले निकालेको बृहत शब्दकोषबाट धेरै शब्दावलीको चिरहरण भएको छ। कुखुराको फुल र गुलाफको फूल समान बनाइएको छ।

एक वर्षअघि त्यही शिक्षकले पढाएको नियम घोकेका विद्यार्थी एक वर्षपछि सरले नियम बदल्दा रणभूल्ल परेका छन्। यसरी खेलाडी नालायक भएको दोष खेलको नियम फेरेर कमजोरी लुकाउने नौलो संस्कृति हावी बन्दै गएको छ। जब नेताहरु पुलिसको सुरक्षा र साइरनमा आफूलाई अभ्यस्त गराउँछन, त्यो दिनदेखि उनीहरुको पतन सुरु भयो भनेर जाने हुन्छ।

देशमा नैतिकता र राष्ट्रियताको चुरो कमजोर बन्दै गएपछि मानमर्दनका खेल स्वाभाविक बन्दै जान्छन्। नेता श्रद्धेय, बन्दनीय बन्न राष्ट्रियताको जग मजबुत हुनुपर्छ। चारवटा गणले छेकिएका राजा वीरेन्द्र र रानी क्षतविक्षत भएर मारिए। तर उनीहरुको सुरक्षामा बसेकाले प्रतिकारमा तिहारमा पड्काउने जत्रो पड्का पनि पड्काएनन्। आफ्नै आँखाले यस्तो कटु सत्य देखेका, भोगेका नेताहरुका लागि एउटै मात्र जीवन सूत्र हो- नैतिकता। नेताले लोकप्रिय बन्नुपर्छ, चर्चित होइन। जनताका नेतालाई घरबास चाहिँदैन। उनीहरुलाई आफ्नो मजेत्रो ओढाएर जनताले चिसो तातोबाट बचाउँछन्।

उरुग्वेका राष्ट्रपति जोस मुजिका यति सरल छन्, तीनवटा कुकुर र दुईजना पुलिसको सुरक्षामा बस्छन्। जीर्ण फर्म हाउसमा बास बस्ने उनी कुवाबाट आफैं पानी भर्छन्। कपडा आफैं धुन्छन्। फूलको खेती आफैं गर्छन्। असल हुने मान्छे हो, पद होइन।

उरुग्वेका राष्ट्रपति जोस मुजिका यति सरल छन्, तीनवटा कुकुर र दुईजना पुलिसको सुरक्षामा बस्छन्। जीर्ण फर्म हाउसमा बास बस्ने उनी कुवाबाट आफैं पानी भर्छन्। कपडा आफैं धुन्छन्। फूलको खेती आफैं गर्छन्। असल हुने मान्छे हो, पद होइन। अमेरिकाजस्तो वैभवशाली राष्ट्रका तात्कालीन राष्ट्रपति जोन अफ केनेडी देशको पैसा जोगाउन चिट्ठीको खाम थुक लगाएर बन्द गर्थे।

अरु देशमा पनि राजनीति अस्थिर छ। मान्छे मारिएका छन्। श्रीलंकामा डेढ लाख मानिस मारिए। अफगानिस्तान, पाकिस्तान, इजरायल जताततै मान्छे मारिएका छन्। भीडन्त भएका छन्। तर त्यहाँको शिक्षा र प्रशासन संयन्त्र अलिकति पनि हल्लिएको छैन्। सानो देश भएर के भो, श्रीलंकाको शिक्षा एशियामै उत्कृष्ट छ। हाम्रो चाहिँ देशका सम्पूर्ण संयन्त्र खरानी पार्नैपर्ने, आखिर किन ?

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १० : ४५ बजे

सभामुख र अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले

संसदीय प्रणालीमा तेस्रो दलको नेतृत्व कति नैतिक ?

काठमाडौं – राजनीति भनेको गणितीय जोड–घटाउमात्रै होइन । यसभित्र लोकतान्त्रिक

बकर इदले सहकार्यको संस्कृतिलाई सबल बनाउँछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन

विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग

नेपालले १८ ओभरमा गुमायो ७ विकेट : गुल्सन झा आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले ७