संसद्‍मा एमालेले भन्यो : काठमाडौंका मेयर बालेनले संयमता गुमाउँदैछन् « Khabarhub

संसद्‍मा एमालेले भन्यो : काठमाडौंका मेयर बालेनले संयमता गुमाउँदैछन्


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रमुख सत्तारुढ नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विस्तारै संयमता गुमाउँदै गएको जनाएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईले मेयर बालेन साले संयमता गुमाउँदै गएको बताए ।

‘काठमाडौं महानगरपालिकाका मेयरले संयमता गुमाउँदै हुनुहुन्छ,’ भट्टराईले भने, ‘अघि बढौँ तर, उत्तेजना र उच्छृङ्खलतामार्फत होइन ।’

भट्टराईले आमयुवाहरूले मेयर साहमार्फत आफ्नो भविष्य खोजेको पनि उनले धोका दिएको बताए ।

‘गालीगलौज गर्नु, उत्तेजनामा आउनु आवश्यक छैन । आकाशतिर फर्केर थुक्दा त्यो कहाँ झर्छ, थाहा हुनुपर्छ,’ उनले भने ।

साह मेयरमा निर्वाचित हुनेबित्तिकै अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको उनले स्मरण गरे । तर मेयर साहले तबलाको अर्थ नबुझेको भट्टराईले बताए ।

‘तबलाको अर्थ करुणा, प्रेम, सद्भाव, संयमता हो । तर उहाँले बुझ्नुभएन’, उनले भने ।

भट्टराईले काठमाडौंले ऋषिमुनिहरूले बनाएको र बुद्धले बनाएको सभ्यताको प्रतिनिधित्व गर्ने बताए। त्यसमा धावा बोल्ने कामलाई स्वीकार्न नसकिने उनले बताए ।

यसअघि सोमबार मेयर साहले ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू’ भनेर आक्रोश पोखेका थिए ।

त्यो आक्रोश न्यूरोडमा भत्काइएको सडक पुरिएपछिको थियो । फुटपाथ बढाउन भन्दै महानगरपालिकाले भत्काएको सडक पुरिएपछि साहले त्यसको आक्रोश ओलीमा साँधेका हुन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १२ : ५४ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा