चलेन मोदी ‘म्याजिक’, ‘कांग्रेसमुक्त भारत’को सपना अधुरै « Khabarhub

चलेन मोदी ‘म्याजिक’, ‘कांग्रेसमुक्त भारत’को सपना अधुरै


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.5k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- जुन, २०१३ को कुरा हो, गोवामा भारतीय जनता पार्टी (भाजपा) को कार्यकारिणी बैठक चलिरहेको थियो । पार्टीका अध्यक्ष राजनाथ सिंहले गुजरातका पूर्वमुख्यमन्त्री नरेन्द्र मोदीलाई सन् २०१४ को चुनावी अभियान समितिको अध्यक्ष बनाउने घोषणा गरे ।

घोषणाको केही समयमै नरेन्द्र मोदीले ट्विटरमा लेखे, ‘वरिष्ठ नेताहरुले मलाई विश्वास गर्नुभयो । कांग्रेसमुक्त भारत निर्माणमा कुनै कसर छाड्ने छैन । तपाईंको समर्थन र आशीर्वादका लागि धन्यवाद ।’

आफ्नो भाषणमा मोदीले त्यही समयमा कांग्रेस सरकारको खरो आलोचना गर्दै भनेका थिए, ‘जो दिल्लीमा बसेका छन्, उनीहरुलाई रातदिन भ्रष्टाचारको आरोप किन लाग्छ ? उनीहरु ‘करप्सन पु्रफ’ भइसकेका छन्, उनीहरु मथि कुनै असर पर्दैन । कांग्रेसमुक्त भारत हाम्रो सपना हुनु पर्छ ।’

मोदीले ‘कांग्रेसमुक्त भारत’ परिकल्पना गरेको ११ वर्ष बितेको छ । उनी तेस्रो पटक सत्ता सञ्चालनको योजना बनाइरहेका छन् । तर, मोदीको ‘कांग्रेसमुक्त भारत’ को सपना यस पटक पनि अधुरै रहने भएको छ ।

सन् २०१४ को लोकसभा चुनावमा भाजपाले २८२ सिट जितेको थियो । त्यसबेला भारतमा मोदीको ‘प्रचण्ड’ लहर थियो । मोदीको उक्त आँधीका क्रममा कांग्रेस ४४ सिटमा खुम्चिएको थियो ।

यहाँसम्म कि पहिलो पटक लोकसभामा कांग्रेसले प्रमुख प्रतिपक्षी पद पनि गुमाउनु परेको थियो । त्यसअघि सन् २००९ को लोकसभा चुनावमा कांग्रेसले २०६ सिट जितेर अन्य दलहरुको सहयोगमा सरकार बनाएको थियो ।

२०१९ मा के भयो ?

सन् २०१९ को लोकसभा चुनावका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न प्रदेशहरुमा चुनावी र्‍याली निकाले । चुनाव प्रचार–प्रसारका क्रममा उनले कांग्रेसलाई निशाना लगाउन परिवारवादीको संज्ञा दिए । तर, पनि भारत कांग्रेसमुक्त हुन सकेन ।

उक्त निर्वाचनमा भाजपा बम्पर जितसहित ३०३ सिट हासिल गर्न सफल भयो । उता, कांग्रेसले २०१४ को निर्वाचनमा व्यहोरेको पराजय पीडा ५२ सिट जितेर भुल्ने प्रयास गर्‍यो ।

सन् २०१९ को निर्वाचनमा कांग्रेस जिताउन राहुल गान्धीको मिहिनेत स्मरणयोग्य रहे पनि उनी अपेक्षाअनुरुप सफल भएनन् ।

यसपटक कांग्रेस दोब्बर, मोदीलाई धक्का

जारी लोकसभा चुनावको नतिजाको रुझान हेर्दा कांग्रेसले एक सयको आँकडा पार गर्ने देखिएको छ । प्रधानमन्त्री मोदीले चुनावी ¥यालीमा दोस्रो पटक कांग्रेसमाथि आक्रमण गर्दै परिवारवादको आरोप लगाए पनि कांग्रेसले दोब्बर सिट बढाउने पक्का भएको छ ।

कांग्रेसमाथि मुस्लिम तुष्टिकरणको पनि उनले आरोप लगाएका थिए । यसका बाबजुद मतदाताहरुमा कांग्रेसप्रति भरोसा बढेको देखियो ।

कांग्रेस रोक्न सकेनन्, भाजपालाई क्षति

एग्जिट पोलहरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक प्रचण्ड जीत निकाल्दै ह्याट्रिक गर्ने देखाइएको छ । १३ एग्जिट पोलको ‘पोल अफ पोल्स’ मा भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई ३६५ र कांग्रेस नेतृत्वको आईएनडीआईए गठबन्धनलाई १४५ सिट मिल्ने अनुमान थियो । तर त्यो अनुमानले पूरै फेल खाएको छ ।

पोलहरूमा यस पटक भाजपाले २०१९ को चुुनावमा प्राप्त गरेको ३०३ सिटभन्दा बढी सिट जित्ने भनिएको थियो। तर, भाजपालाई एक्लै २७२ सिट जित्न पनि मुस्किल देखिएको छ ।

नवभारत टाइम्सबाट

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  २ : २८ बजे

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र