आजका समाचार : लोकसभामा भाजपा र मोदीलाई धक्का, एकीकृत समाजवादी मधेश सरकारबाट बाहिरिँदै  | Khabarhub Khabarhub

 आजका समाचार : लोकसभामा भाजपा र मोदीलाई धक्का, एकीकृत समाजवादी मधेश सरकारबाट बाहिरिँदै 


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18.4k
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधिसभा बैठक 
प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

संसद बजेटसम्बन्धि छलफल जारी रहेका बेला अर्थमन्त्री वर्षमान पुन उपस्थित नभएको बताउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।


बजेटसम्बन्धी छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउँदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केही समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेसको माग

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न माओवादीको आग्रह

बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप

बजेटमा सङ्क्रमणकालीन न्याय र संघीयताको सबलीकरणका विषय समेट्न कांग्रेसको माग

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ :  प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् ।

अरूण-३ जलविद्युत परियोजनाको ब्रेक-थ्रु कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१-८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए।

एमसीसी उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेट

बजेट वितरणमुखी नभई उत्पादनमुखी छ : अर्थमन्त्री पुन

अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु’ हुँदै

उपेन्द्र यादवको मुद्दा ‘हेर्न नभ्याइने’

मधेश सरकारबाट बाहिरिने एकीकृत समाजवादीको निर्णय
मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिने निर्णय गरेको छ ।

मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाउँदै छन् ।

राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेली छन् । उनीहरू अहिले मुख्यमन्त्री निवासमा पुगेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादव जनकपुरबाहिर भएकाले उनी आइसकेपछि राजीनामा पत्र बुझाउने गरी उनीहरू प्रतिक्षामा छन् ।

राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशको आवधिक योजना पारित

नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

दैलेखमा भूकम्पको धक्का

स्टार्टअप नीति पारित भएकोमा महासंघद्वारा स्वागत

रौतहटमा घाँटी रेटेर एक भारतीय नागरिकको हत्या

भारतीय जनता पार्टीलाई झट्का लाग्नुका ५ कारण
भारतीय संसद्को तल्लो सदन लोकसभा चुनावको मतगणना मंगलबार बिहानैदेखि जारी छ ।

यसअघि एग्जिट पोलमा भारतीय जनता पार्टी (भाजपा) एकल बहुमत र ऊ नेतृत्वको एनडीए गठबन्धनलाई साढे ३ सयमाथि सिट मिल्ने अनुमान थियो । तर ती पूर्वानुमानलाई फेल खुवाउँदै प्रतिपक्षी दलहरु सशक्त रुपमा कमब्याक गर्न सफल भएका छन् ।


अधिकांश एग्जिट पोलमा एनडीएलाई ३५० भन्दामाथि सिटहरु दिइएको थियो । केही एग्जिट पोलको नतिजामा त एनडीएलाई ४०० को आँकडा छुने भनिएको थियो ।

प्रधानमन्त्री मोदी वाराणसीबाट विजयी

भारतीय जनता पार्टीलाई झट्का लाग्नुका ५ कारण

 पञ्जाबको जालन्धरमा पूर्व मुख्यमन्त्री चरणजीत विजयी

भारतमा बाढीका कारण १८ जनाको मृत्यु, छ लाखभन्दा बढी प्रभावित

तीन सय भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फिर्ता

पाकिस्तानको एक कोइला खानीमा दुर्घटना, ११ जनाको मृत्यु

बलिउड अभिनेत्री कंगनाको शानदार जित, पूर्वमुख्यमन्त्री पुत्र विक्रमादित्य पराजित

चलेन मोदी ‘म्याजिक’, ‘कांग्रेसमुक्त भारत’को सपना अधुरै

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सैन्य सम्झौता निलम्बन गर्ने निर्णय अनुमोदन

मेक्सिकोकी राष्ट्रपति सेनबामलाई राष्ट्रपति बाइडेनले दिए बधाई

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ७ : ५७ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि