चैतसम्म अधिकांश मन्त्रालयको बजेट खर्च ५० प्रतिशत तल « Khabarhub

चैतसम्म अधिकांश मन्त्रालयको बजेट खर्च ५० प्रतिशत तल

अर्थ मन्त्रालयको प्रगति १७.६० प्रतिशतमात्रै


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको चैत महिनासम्म अधिकांश मन्त्रालयले विनियोजनको ५० प्रतिशतभन्दा कमै बजेट खर्च गरेका छन्‌ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा स्वयम्‌ अर्थ मन्त्रालयले नै सो अवधिमा १७.६० प्रतिशत मात्रै खर्च गरेको उल्लेख छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले खर्च गर्नेगरी ३३ अर्ब ६९ करोड ९८ लाख ४० हजार रुपैयँ विनियोजन भएको थियो । चैत मसान्तसम्म ५ अर्ब ९३ करोड १८ लाख ६० हजार रुपैयाँमात्र खर्च भएको छ ।

सरकारको बजेट निर्माण र खर्चको आवश्यक व्यवस्था गर्ने मन्त्रालय नै खर्चमा असाध्यै कमजोर रहेको तथ्यांकले देखाएको हो । अघिल्लो आर्थिक वर्षमा पनि सो मन्त्रालयले कुल विनियोजित बजेटमध्ये जम्मा ३५.४६ प्रतिशत मात्रै खर्च गर्न सफल भएको थियो ।

अर्थ मन्त्रालय मात्रै नभएर चालु आर्थिक वर्षको बजेट खर्चमा अन्य मन्त्रालयहरू पनि कमजोर देखिएका छन् । चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लागि ५ अर्ब ६२ करोड २५ लाख ६० हजार रुपैयाँ विनियोजन भएकोमा सो कार्यालयले चैत मसान्तसम्म जम्मा २ अर्ब ९१ करोड ४८ लाख ४८ हजार रुपैयाँ मात्रै खर्च गर्न सफल भएको छ ।

चैत मसान्तसम्म उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले १५ अर्ब ८३ करोड ६२ लाख २८ हजार, कानून, न्याय तथा संसदीय मन्त्रालयले २२ करोड १४ लाख ४५ हजार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले २४ अर्ब १७ करोड ४७ लाख ८७ हजार र खानेपानी मन्त्रालयले ४ अर्ब ४९ करोड ९१ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् ।

त्यस्तै सो अवधिसम्म गृह मन्त्रालयले १ खर्ब २९ अर्ब ७ करोड ४० लाख ७५ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २ अर्ब १४ करोड ८ लाख ५६ हजार, परराष्ट्र मन्त्रालयले ५ अर्ब ८१ करोड ७५ लाख १५ हजार, वन तथा वातावरण मन्त्रालयले ५ अर्ब ७५ करोड २३ लाख ६६ हजार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३ अर्ब ८३ करोड ४९ लाख २२ हजार रुपैयाँ खर्च गरेका छन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म अन्य मन्त्रालयहरूको खर्चको अवस्था :

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ७ : ५२ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ