विद्यालयभित्र पानी पसेपछि पठनपाठन अवरुद्ध « Khabarhub

विद्यालयभित्र पानी पसेपछि पठनपाठन अवरुद्ध


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चारैतिरबाट पानी पसेपछि पठनपाठन अवरुद्ध भएको छ ।

जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र वर्षातको पानी पसेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासंगै बर्षाको पानी  विद्यालयको प्राङ्गणमा समेत पानी पसेपछि अध्ययनरत बालबालिका लाई कठिनाइ भएको छ।

दुर्गा भगवती १ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमा समेत पानी जमेर विद्यार्थीहरू समस्यामा परेका हुन् । विद्यालय प्राङ्गणमा डेढ दुई फिटसम्म पानी जमेपछि बिस्तारै कक्षा कोठामा समेत छिरेपछि पठनपाठन प्रभावित भएको प्रधानाध्यापक मुकेश चौधरीले बताएका छन ।

विद्यालय तथा विद्यालय प्राङ्गण भन्दा चौतर्फी जमिन अग्लो रहेकाले सामान्य वर्षा  हुँदापनि विद्यालयमा पानी जम्दै आएको प्रधानाध्यापक चौधरीको भनाई छ । कक्षा १ देखि ५ सम्म अध्यापन हुने उक्त विद्यालयमा करिब ३५० जना विद्यार्थी रहेका छन्।

वर्षातको मौसममा विद्यालयको चौतर्फी पानी जमेर विषालु सर्पको जोखिम भएको कारण केही दिनका लागि बिदा दिएर विद्यालय बन्द गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिएका छन्। वर्षौं देखिको विद्यालयको समस्या समाधान गर्न दुर्गा भगवती गाउँ पालिकासंगै  शिक्षा शाखालाई जानकारी गराउँदा पनि समस्या ज्युँ का त्यूँ रहेको प्रधानाध्यापक चौधरीले गुनासो गरेका छन ।

स्थानीय निकायले शिक्षा जस्तो समेदनसिल विषयमा गम्भीर नहुँदा सयौँ बालबालिकाको भविष्य अन्यौलमा परेको अभिभावकहरूले गुनासो गरेका छन ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ७ : ४४ बजे

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण

काठमाडौँ – संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा.

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्