नमिलेर मिल्ने, मिलेर नमिल्ने कांग्रेस-एमाले | Khabarhub Khabarhub

नमिलेर मिल्ने, मिलेर नमिल्ने कांग्रेस-एमाले

कांग्रेसको म्यानमा एमालेको हँसिया



वैशाखको महिना विवाहको सिजन चलिरहेको थियो। बारीको पाटामा बसेर गोरु जोत्दाजोत्दै निस्केका माटोका डल्लालाई यसो पल्टाएर जन्तीले आफ्नो टपरी अड्याएर भतेर खाए। बिहे सकियो, सबै हिँडे। डल्लाको चेपमा अड्किएर बसेको टपरी र डल्लोबीच हिमचिम बढ्यो। दुवैले आपसी फाइदाको लागि सहकार्य गर्ने निधो गरेर मित लगाए। दरर पानी दर्कियो।

डल्लाले भन्यो- ‘मितज्यू, मलाई छिटो छोप्नोस्। नत्र म भुईंमा बिलाउँछु।’ टपरीले हतार हतार डल्लालाई छोपिदियो। डल्लालाई पानीले भिजाउन पाएन। डल्लो बच्यो। दुवै खुसी भए। त्यसको दुई, तीन दिनपछि हुरी बतास आयो। टपरीले डल्लालाई उही शैलीमा आग्रह ग-यो- ‘मितज्यू मलाई थिचिहाल्नुस् नत्र हावाले उडाएर बेपत्ता बनाइदिन्छ।’

डल्लाले टपरीलाई थिचेर राख्यो, हावाले उडाउन पाएन, टपरी बच्यो। फेरि दुबैले खुसी साटासाट गरे। आपतविपतमा एकअर्कालाई बचाउने उपक्रम चल्दै गयो। पानी पर्दा डल्लालाई टपरीले छोपेर राख्थ्यो। हावा आउँदा डल्लाले टपरीलाई थिचेर राख्थ्यो। एकदिन त अचानक हुरीबतास सहितको पानी ओइरियो। अब डल्लालाई छोप्ने कि टपरीलाई थिच्ने। कताको मितेरी, कताको सहकार्य। टपरी कता उड्यो, डल्ला कता भासियो।

सत्ताका लागि नेपालमा हुने सहकार्य डल्ला र टपरीको मितेरीभन्दा माथि कहिल्यै भएनन्। कहिले को कसको घोडा चढ्छ र हुत्तिन्छ पत्तो हुँदैन।

सत्ताका लागि नेपालमा हुने सहकार्य डल्ला र टपरीको मितेरीभन्दा माथि कहिल्यै भएनन्। कहिले को कसको घोडा चढ्छ र हुत्तिन्छ पत्तो हुँदैन। बाझ्न आफू बाझ्ने, मिल्न अरु चाहिने अचम्मको ग्रन्थीले सर्वत्र काम गर्छ। इतिहास हेर्दा कांग्रेस र एमाले मिलेर नमिल्ने, नमिलेर मिल्ने पार्टी हुन्। यिनीहरु दुवैमा सृष्टिको आरम्भ आफूहरुबाट भएको दम्भ छ। राजनीति सभ्यताको मानक ठान्ने प्रतिस्पर्धा छ। अरुले खाएको घुस, आफूले प्रसाद ग्रहण गरेको आत्मरतिको अभिनय गर्छन्। फूलमा बास्ना, गाईमा कल्चौंडो, अन्नमा बीउ, हावामा प्राणवायु, पानीमा तिर्खा मेट्ने तत्वको विकास कांग्रेस, एमाले जन्मिएपछि नै भएको हो भनेर यी पार्टीका लिलीपुटले जिकिर गरे भने आश्चर्य नमाने हुन्छ।

कांग्रेस र एमालेमा राज्य चलाउने विवेकको ढोका नखुल्दा माओवादी नामको शक्ति मधुकैटव बनेर मूल राजनीतिमा आएको तथ्य छिपेको छैन। नेपालमा सत्ता परिवर्तनको सपाट चित्र भनेको एउटा रत्नपार्कको लिस्नोबाट झर्न लाग्यो, अर्को चढ्न त्यति हो। त्यहाँभन्दा अरु विश्लेषण हुक्के, ढोकेका खाइपचनी गफ हुन्।

तीन दशकअघि शक्ति र सत्तासँग साइनो गाँसिएका शेरबहादुर देउवा, माधवकुमार नेपाल, केपी ओली, झलनाथ खनालजस्ता पात्र अझै कुर्सीको दाउपेचमा छन्।

तीन दशकअघि शक्ति र सत्तासँग साइनो गाँसिएका शेरबहादुर देउवा, माधवकुमार नेपाल, केपी ओली, झलनाथ खनालजस्ता पात्र अझै कुर्सीको दाउपेचमा छन्। एकपटक आँखा चिम्लिएर हिसाब गरौं त विश्वका समकालीन नेताहरु त्यो समय कहाँ थिए ? मोदी जोगी भेषमा थिए। सी चिनफिङ, भ्लादिमिर पुटिन वडास्तरमा थिए होलान। बेलायत, युरोप, क्यानडा, अष्ट्रेलिया हाँक्ने त स्कुले शिक्षामा थिए।

अनगिन्ती मानिस सरकारमा गए। तर सरकार चलाउनेको योग्यता, क्षमताका विषयमा कहिल्यै बहस भएन। राज्यको मूलनीति के हो ? कसैलाई थाहा छैन। राजश्व जम्मा गर्ने मूलाधार बारे व्यक्तिपिच्छेका बहस छन्। कृषि कर्म असार १५ को नौटंकीमै बिसर्जित भएको छ। आईफोन बनाउने अमेरिका मकै फलाउने विश्वका टप देशको सूचीको दोस्रोमा पर्छ। कुनैबेला खोयामा लागेको दूधिला मकै रस खाएर बाँच्ने अमेरिकी कहाँ पुगे ? डलरको हाराहारीमै नेपाली पैसाको सामर्थ्य बोक्ने हामी कहाँ पुग्यौं ?

कुनैबेला खोयामा लागेको दूधिला मकै रस खाएर बाँच्ने अमेरिकी कहाँ पुगे ? डलरको हाराहारीमै नेपाली पैसाको सामर्थ्य बोक्ने हामी कहाँ पुग्यौं ?

राजनीतिक भाषा र संस्कारको कुरै नगरौं। ७५ वर्षअघि ‘हाम्रा जनताले जाबो दूध र भात पनि खान पाउँदैनन र ?’ भन्ने राजा त्रिभुवनलाई प्रजातन्त्रको नायक बनाएर पुस्तौं गयो। ६६ वर्षको राजनीतिक पात्रो पल्टाएर हेर्नुभयो भने प्रधानमन्त्री बनिसकेका डा. केआई सिंहले जनतासँग भोट माग्ने क्रममा भनेका थिए- ‘हेर्नोस यो मेरो बुढो जुँगाका प्रत्येक रौंमा १२ वटा बाघका तागत छन्। त्यो कोपारा चोर पार्टीको गणेशमान सिंह भन्ने पिलन्धरेलाई भोट किन दिने ? यो देश बिगार्न।’ आखिर परिणाम उल्टो आयो। गणेशमान सिंहले झण्डै ११ हजार भोट ल्याएर केआई सिंहलाई पछारे। फुलेका जुँगाले फेरि काला रुप धारण गरेको भन्दै केपी ओली आफूलाई केआई सिंहकै अर्को अवतार देखाउन सक्रिय छन्।

देउवा, ओली, खनाल, नेपालजस्ता पात्रप्रति देश अनुग्रहित हुँदै अविराम पालेको तीन दशक नाघ्यो। अब त यो दायित्व दोस्रो पुस्तामा सरेको छ। अझ खतरनाक भीभीआईपीका रुपमा प्रचण्डको अवतरण पछि त त्यो रजगजले अरुलाई पनि छोएको छ। उनीहरुको चुलोचौको, चौबीस घन्टे पहरा, फूल गोड्ने माली, मानव सभ्यता नै बिथोलेर सडकमा हुइँकिने मोटरका साइरन, देश विदेश उँड्दा ओर्लंदाका सम्पूर्ण कर्मसँग राज्यको दायित्व जोडिएको छ।
आफ्नाबाट सुरु भएको बच्चो स्कुल पु-याउने, ल्याउने, लिटो ख्वाउने कर्म नातिनातिनासम्म राज्यले धानिदिनुपर्ने दायित्व निरन्तर छ। त्यो बेला सेवामा हाजिर भएको हवल्दार निवृत्त भएर हजुरबा हुँदा पनि उसको नातिले खाडीबाट पठाएको रेमिट्यान्सको पहिलो किस्ता यिनै नेतालाई पाल्नमा भाग लाग्छ।

देउवा, ओली, खनाल, नेपालजस्ता पात्रप्रति देश अनुग्रहित हुँदै अविराम पालेको तीन दशक नाघ्यो। अब त यो दायित्व दोस्रो पुस्तामा सरेको छ।

नजानिदो हिसावले नेताहरुको घरभित्रका अर्को पुस्ताले समेत राज्यबाट बेहिसाव लाभ उठाइरहेको छ। यो दोहन राज्यकोषमा मात्र सीमित छैन। घरबास साहुकोमा बन्धकी राखेर खाडीमा पसिनाको पोखरीमा डुबेको श्रमिकले पठाएको टिकटकमा निर्लज्ज देश विदेश घुम्ने कर्म चलेकै छ। जनताको एजेण्डामा काटाकाट गर्ने नेताहरु आफ्नो स्वार्थका विषयमा चाटाचाट गर्न पछि नपरेका दृश्य संसदमा बाक्लै देखिन्छ।

प्रचण्ड, देउवा, ओली नेपाली राजनीतिका ती पात्र हुन, जो कसैलाई सिध्याउन र चोख्याउन कानुन स्थगन गर्नेसम्मको बल मिच्याइँ गर्न सक्छन्। यिनीहरु आफ्नो अयोग्यतालाई लोकतन्त्रको प्रस्तावना बनाउन सक्छन्। राज्यको जीवनमा बसेर भावनाको निर्णय गर्दा त्यो बेथितिको सञ्चयकोष भएर रहिरहन्छ भन्ने हेक्का नराख्दा त्यसको पीडा सन्तान, दरसन्तानले भोग्नुपरेको छ।

अनुभवीको परामर्श नमान्दाको परिणाम के भयो ? एउटा सन्दर्भ हेरे पुग्छ। राणा शासनको अन्त्यपछि फेरि प्रधानमन्त्री बनेका मोहनशम्शेरले बीपीलाई सम्झाउँदै भनेका थिए- ‘बीपी बाबु , तपाईंहरु पढे लेखेका देश विदेश खाएका भए पनि देश चलाउने विषयमा तपाईंभन्दा म अनुभवी छु। मैले भनेको मानेर बिजुली गारत दरबारबाट झिकौं। कालान्तरमा तपार्ईंलाई यही गल्तीले पिरोल्ने छ।’ आखिर भयो त्यस्तै।

प्रचण्ड, देउवा, ओली नेपाली राजनीतिका ती पात्र हुन, जो कसैलाई सिध्याउन र चोख्याउन कानुन स्थगन गर्नेसम्मको बल मिच्याइँ गर्न सक्छन्। यिनीहरु आफ्नो अयोग्यतालाई लोकतन्त्रको प्रस्तावना बनाउन सक्छन्।

२००७ सालदेखि २०१४ साल अर्थात सुन्दर ‘लक्की सेभेन’ हुनुपर्ने नेपाली राजनीतिको कालखण्ड अनलक्की श्रृंखलामा बित्यो। त्रिशंकु खेलकुदले राजनीतिलाई दाउपेचमा अनुवाद ग-यो। त्यो बेला पनि राजनीतिमा कुखुरा चोरो हालीमुहाली चल्यो। दाजुभाइ फुटाएर काँग्रेस ध्वस्त पार्न जनताका नेता मातृकाप्रसाद कोइरालालाई मानार्थ सेनाको जर्नेल बनाएर सैनिक पोसाकमै सार्वजनिक गरियो।

२००९ सालमा भएको स्थानीय चुनावमा नेपाल कम्युनिस्ट पार्टीका जनकमान श्रेष्ठ काठमाडौं नगरको अध्यक्ष भए। कांग्रेसका प्रयागराजसिंह सुवालले उपाध्यक्ष जिते। तर प्रयागराजलाई मेयर बनाउन संविधानको धारा नै स्थगित गराएर मेयर जनकमानलाई जेल पठाइएको इतिहास छ। कुन दोषमा आफूलाई दण्डित गरिएको हो भन्ने जेल जानेले पनि मेसो पाएनन।

२०११ सालमा युवा राजा महेन्द्रको उदयसँगै समवयी राजा-नेताबीच शक्ति सघर्ष चल्यो। एकथरि नेता र अर्काथरि राजा उचाल्ने प्रतिस्पर्धा गर्न थाले। अनपेक्षित पात्रहरु केन्द्रीय राजनीतिमा हावी भए। बीपीका विश्वासपात्र चोर्ने रणनीतिमा राजा महेन्द्र पर्दा पछाडि खेल्न थाले।

अनेकन दबाबबीच ०१५ सालमा चुनाव भयो। बीपी नेतृत्व सरकारले दुई तिहाइ मत हासिल गरेर शक्तिशाली सरकार बनायो। बीपीमा जनमतको अहं, राजामा राजा भएको दम्भको हैरानी व्यवस्थाले खेप्नुप-यो। अन्तत : कहिले राजा बोकेर नेता र नेता बोकेर राजा हान्ने रणनीतिमा रहेका जवाहरलाल नेहरुले राजालाई काँध थापेर दुई तिहाईको काँच घरमा घन हाने।

विदेशी स्वार्थका एजेण्डाको पक्ष, विपक्षमा लाग्दा यहाँको सरकार उत्तानो पर्छ। देशको सर्वशक्तिमान प्रधानमन्त्रीलाई आफ्नो सरकारको आयु पत्तो हुँदैन।

लोकतन्त्रको घर भत्कियो। जनमतले बनेकै भरमा लोकतन्त्र बलियो हुन्छ भन्ने मिथ्या हो भन्ने यो भन्दा निर्मम दृश्य अरु के हुन्छ र ? त्यही जगमा राजाले पञ्चायत नामको घर बनाए। त्यो घर पनि राजाको डिजाइन अनुसार बनेन। राजालाई आफ्नै भिजनले पिजन बनायो। बरु राजालाई अकबर बादशाहजस्तो मूर्ख बनाएर दाइँ गर्ने पात्रहरुको उदय भयो। त्यो श्रृंखला आजका मितिसम्म सक्कल बम्मोजिम नक्कल बनेर उपस्थित छ।

विदेशी स्वार्थका एजेण्डाको पक्ष, विपक्षमा लाग्दा यहाँको सरकार उत्तानो पर्छ। देशको सर्वशक्तिमान प्रधानमन्त्रीलाई आफ्नो सरकारको आयु पत्तो हुँदैन। नेताभन्दा एजेन्टको संख्या बाक्लिदै गएपछि एमसीसी, बीआरआई राजनीतिका प्रधान खम्बा हुन्छन्। संविधानले व्यवस्था गरेको सहकारी मूल खम्बे नीति आत्मघातको मुसल भएर उठ्छ। बाघ भएर सत्तामा जानेहरु मुसो भएर फर्कन्छन्। चुनावमा भोटमार्फत जनताले दिएको म्यान्डेटको समय यिनै करारी सरकारमा खुल्ने जागिरमा जानेहरुको नौटंकी हेरेरै बित्नेछ। मान्छे अयोग्य भएको दोष प्रणालीले खेप्नुपर्ने छ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ९ : ५० बजे

कोशीमा सरकार पुनर्गठन तयारी, माओवादी हटाएर कांग्रेसलाई भित्र्याइने

काठमाडौं– कोशी प्रदेशमा सरकार पुनर्गठन तयारी भएको छ । मुख्यमन्त्री

भोटेकोशी जलविद्युत‍को ढलान भत्किँदा मृत्यु हुनेका परिवारलाई ३० लाख राहत दिइने

चौतारा– सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको

अवरुद्ध कर्णाली करिडोर खुल्यो

मान्म– पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि

१४ जना जुवाडे पक्राउ  

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२

सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

त्रिवेणी– यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय