काभ्रेमा विपद् प्रतिकार्यका लागि जनशक्ति तयार  « Khabarhub

काभ्रेमा विपद् प्रतिकार्यका लागि जनशक्ति तयार 


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– मनसुनका बेला जिल्लामा प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद्जन्य घटना–अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् प्रतिकार्यको तयारी थालेका छन् । 

बुधबारसम्म तीन दिन तालिम दिएर रोशी गाउँपालिकाले विपद् प्रतिकार्य गर्न ५२ जना जनशक्ति तयार गरेको छ । 

रोशीका सबै वडाका ५२ लाई तीन दिनसम्म तालिम दिएर विपद् प्रतिकार्यको लागि जनशक्ति तयार गरेको गाउँपालिकाले जनाएको हो । उनीहरुलाई भकुण्डेबेँसीस्थित नेपाली सेनाको भद्रदल गणका सहसेनानी समिर अधिकारी, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीलगायत सुरक्षाकर्मीले प्राविधिक तालिम दिएका थिए। 

तयार गरिएका ती जनशक्तिले गाउँपालिका र आसपासका क्षेत्रमा हुनसक्ने विपद्का घटनामा परिचालित हुने अध्यक्ष दिनेश लामाले बताए। 

उनका अनुसार विपद् व्यवस्थापनको काम सुरक्षा निकायको मात्र जिम्मेवारी नभई समुदायको सहभागिता बढाउन तालिम सञ्चालन गरिएको हो । गणका गणपति नाइजेल सुब्बाले विपद्‌मा ‘फस्ट रेस्पोन्डर’ मानिएको समुदायलाई विपद् पूर्वविपद् र विपत्तिपश्चात् खेल्नुपर्ने भूमिकाबारे तालिम दिइएको बताए। उनले पूर्वतयारीस्वरुप स्रोत, साधन व्यवस्थापनमा जोड दिनु आग्रह गरे। 

यस्तै जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले सामुदायिक विपद् प्रतिकार्यका लागि जिल्लाको १० स्थानीय तहमा ८० सामुदायिक विपद् प्रतिकार्य तालिम दिई विपद् प्रतिकार्य जनशक्ति तयार पारेको छ । तालिममा ‘विपद्को परिचय र विपद् व्यवस्थापन चक्र, विपद् प्रतिकार्यको लागि आवश्यक सामग्री, सीप तथा कला, बाढीपहिरो, डुबान, आगलागीजस्ता विपद्का घटनाको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत–साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधि र विपद्को समयमा आधुनिक उपकरणको प्रयोगका बारेमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिए। 

जिल्लाका अधिकांश भू-भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मान्दै आएको छ । विपद्का घटनामा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कयौँ मानिसको ज्यान सक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्नसक्ने क्षमताको विकास गर्न तालिम दिइएको सेनानी सिंहले बताए। 

यसैबीच पाँचखालमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले विपद् प्रतिकार्यको लागि धुलिखेल र पनौतीस्थित आइटीपार्कमा ‘अस्थायी बेस’ बेस राखेको छ । धुलिखेल र सूचना उद्यानमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा, पनौती, धुलिखेल, नमोबुद्धलगायत आसपासका स्थानीय तहमा हुने मनसुन–विपद्मा उद्धार गर्ने जनाइएको छ । उद्धार सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षककको नेतृत्वमा २५÷२५ सशस्त्र प्रहरी टोलीलाई उद्धारमा खटिन तयारी अवस्थामा राखिएको हो । 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ९ : ४१ बजे

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले