रास्वपाका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको जवाफ, ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’ « Khabarhub

रास्वपाका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको जवाफ, ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अडान लिएका छन् ।

बुधबार साँझ नेकपा एमालेका ८ मन्त्रीको राजीनामासँगै समर्थन फिर्ता भएपछि अल्पमतमा परिसकेका उनले संसद् फेस गर्ने अडान लिएका हुन् ।

राजीनामा पत्र बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूसँगको छलफलमा उनले ३० दिनसम्म सरकारमै रहने अडान लिएका हुन् ।

बिहीबार बिहान राजीनामा पत्र बोकेर पुगेका रास्वपाका मन्त्रीहरूसँग दाहालले डेढ घण्टा लामो संवाद गरेका थिए ।

एमाले सोमबार सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका दाहालले कांग्रेसलेसमेत दबाब दिँदा पनि सत्ता छाड्न नमानेका हुन् ।

एमाले र कांग्रेस दुवै दलले सोमबार नयाँ समीकरणका लागि सहमति गरिसकेको अवस्थामा प्रचण्डले सजिलै सत्ता नछाड्ने संकेत गरेका हुन् ।

सरकार अल्पमतमा परेको तथा संसद्बाट विश्वासको मत पनि नमिल्ने निष्कर्षसहित रास्वापाका मन्त्रीहरूले राजीनामा दिन बालुवाटार छिरेका थिए ।

राजीनामा दिन पुगेका उनीहरूलाई प्रधानमन्त्रीले अहिले सरकारबाट नबाहिरिन सुझाएका छन् । दाहालले संसद् फेस गर्ने तयारीमा रहेको बताउँदै साथ दिन पनि अपील गरेका छन् ।

प्रचण्डले यसो भनेपछि रास्वपाका सबै मन्त्री राजीनामा पत्र गोजीमै बोकेर बालुवाटारबाट बाहिरिएका छन् ।

 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ११ : १५ बजे

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको