‘प्रचण्डकै अस्थिर चरित्रले सरकार ढल्यो, अल्पमतमा परेपछि राजीनामा गरुन्’ « Khabarhub

‘प्रचण्डकै अस्थिर चरित्रले सरकार ढल्यो, अल्पमतमा परेपछि राजीनामा गरुन्’


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट अल्पमतमा परिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानअनुसार विश्वासको मत लिने अधिकार भए पनि अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।

समावेशी र समानुपातिक प्रतिनिधित्व लगायत विषय साथै संघीयता कार्यान्वयन गर्न संविधान संसोधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेकाले एमालेसँग सहकार्यको निर्णय भएको थापाले बताए ।

एमालेसँगको सहकार्यमा संविधान संसोधन गर्न लागिएको उनले बताए । थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले कांग्रेस-एमाले नयाँ सहकार्य भएको पनि उनले बताए ।

त्यस्तै थापाले प्रधानमन्त्रीको अस्थिर चरित्रका कारण उनी नेतृत्वको सरकार ढलेको स्पष्ट पारे । संविधान संशोधनका लागि कांग्रेस र एमालेको संख्याले मात्रै नपुग्ने भएकाले अन्य दलसहित राष्ट्रिय सहमतिको सरकार बनाउने पनि थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १२ : ३२ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न