दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको छ : खेलकुदमन्त्री श्रेष्ठ « Khabarhub

दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको छ : खेलकुदमन्त्री श्रेष्ठ


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराउनुभएको छ ।  .

राष्ट्रियसभाको बिहीबारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले रंगशालाको अवस्थाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अस्वीकृत हुनु उचित नभएको भन्दै स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन् ।

उनले धेरै पहिला बनेको रङ्गशालालाई आधुनिक रङ्गशालासँग तुलना गर्न उचित नहुने बताए । त्यस्तै मन्त्री श्रेष्ठले बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिए।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्न चार करोड भन्दा बढी बजेटको व्यवस्था गरेको र खेलाडीको बैङ्कखातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए ।

त्यस्तै उनले खेलाडीहरूलाई मासिक भत्ता उपलब्ध गराउन दुई करोड बिको बजेट छुट्टाइएको भन्दै यसलाई क्रमशः बढाउँदै लैजानुपर्ने धारणा राखे । मन्त्री श्रेष्ठले खेल क्षेत्रसम्बन्धी विभिन्न नीतिलाई परिमार्जनको तयारी गरिएको जानकारी दिए  ।

त्यस्तै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल, खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिई ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  २ : ११ बजे

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

कङ्गोमा कोल्टान खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

एजेन्सी– अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको

काठमाडौंका फुटपाथमा काम गरेर खाने मजदुरको गाँस खोसिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू