दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको छ : खेलकुदमन्त्री श्रेष्ठ « Khabarhub

दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको छ : खेलकुदमन्त्री श्रेष्ठ


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराउनुभएको छ ।  .

राष्ट्रियसभाको बिहीबारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले रंगशालाको अवस्थाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अस्वीकृत हुनु उचित नभएको भन्दै स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन् ।

उनले धेरै पहिला बनेको रङ्गशालालाई आधुनिक रङ्गशालासँग तुलना गर्न उचित नहुने बताए । त्यस्तै मन्त्री श्रेष्ठले बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिए।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्न चार करोड भन्दा बढी बजेटको व्यवस्था गरेको र खेलाडीको बैङ्कखातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए ।

त्यस्तै उनले खेलाडीहरूलाई मासिक भत्ता उपलब्ध गराउन दुई करोड बिको बजेट छुट्टाइएको भन्दै यसलाई क्रमशः बढाउँदै लैजानुपर्ने धारणा राखे । मन्त्री श्रेष्ठले खेल क्षेत्रसम्बन्धी विभिन्न नीतिलाई परिमार्जनको तयारी गरिएको जानकारी दिए  ।

त्यस्तै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल, खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिई ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  २ : ११ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्