एमालेले प्रधानमन्त्रीलाई भन्यो : ‘अल्पमतमा पर्नुभयो, दीर्घकालीन निर्णय नगर्नू’  « Khabarhub

एमालेले प्रधानमन्त्रीलाई भन्यो : ‘अल्पमतमा पर्नुभयो, दीर्घकालीन निर्णय नगर्नू’ 


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । समर्थन फिर्ता लिएको साविक सत्तारुढ नेकपा (एमाले)ले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न भनेको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो विज्ञप्ति जारी गरी अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नभएको पनि एकालेको भनाइ छ ।

पोखरेलले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, ‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न नगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ’

सरकारमा रहेका ८ जना मन्त्रीले बुधबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

बिहान राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीलाई भेटेर छिटो राजीनामा दिन भनिसकेका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ३ : ४९ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको