नेपाल अध्यक्ष र भुसाल महासचिवमा दोहोरिँदा खनाल सम्मानितमा यथावत | Khabarhub Khabarhub

एकीकृत समाजवादी महाधिवेशन

नेपाल अध्यक्ष र भुसाल महासचिवमा दोहोरिँदा खनाल सम्मानितमा यथावत


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेकपा एकीकृत समाजवादीको केन्द्रीय अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् ।

नेपाल अध्यक्षमा दोहोरिँदा झलनाथ खनाललाई सम्नानित नेतामा यथावत गरिएको छ। नेपाललाई अध्यक्षमा चुनौती दिने आकलनबीच घनश्याम भुसाल महासचिवमै यथावत रहेका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका सम्मानित नेता खनालले नयाँ नेतृत्वका लागि प्रज्ञा भवन कमलादीमा जारी महाधिवेशनमा सहमतिपत्र पढेर सुनाए ।

खनालले छलफल गरेर १२ वटा समूहले नै सहमतिका आधारमा नेतृत्व बनाउन सुझाव दिएपछि त्यहीअनुसार निर्णय भएको बताए ।

उता पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा भने अझै सहमति बनिसकेको छैन । वरिष्ठ उपाध्यक्षमा अध्यक्ष नेपालको गुटबाट राजेन्द्रप्रसाद पाण्डेको बलियो दाबेदारी छ ।

तर सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसालको गुटबाट वरिष्ठ उपाध्यक्ष पदमा प्रकाश ज्वालाले पनि दाबी गरेका छन् ।

अध्यक्ष पदमा नेपाल दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्ष पद आफूहरूले पाउनुपर्ने अडान खनाल र भुसाल समूहले राखेको छ ।

समाजवादीले अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षसहितका पदहरूमा सहमतिबाटै नाम टुंगो लगाउने गरी छलफल चलाएको थियो ।

यसअघि अध्यक्ष पदको दौडमा रहेका सम्मानित नेता खनाल मौन बस्दा नेपाललाई सजिलो भएको हो ।

उनी महाधिवेशनमा बन्द सत्रको अध्यक्षमण्डलको अध्यक्षको भूमिकामा छन् । यस पटक नेपालले नै अध्यक्षमा आफूलाई राख्न सफल भएका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : ५५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका