जम्बो कमिटीतिर एकीकृत समाजवादी- २९ पदाधिकारी, ३९९ जनाको केन्द्रीय समिति « Khabarhub

जम्बो कमिटीतिर एकीकृत समाजवादी- २९ पदाधिकारी, ३९९ जनाको केन्द्रीय समिति

पार्टी सानो तर कमिटी एमाले र माओ‌वादीको भन्दा ठूलो


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या बढाउने भएको छ।

चार दिनदेखि काठमाडौंको कमलादीमा जारी दशौं महाधिवेशनले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूको संख्या पनि थपेको छ।

अहिले समाजवादीको विधानमा २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य रहने व्यवस्था छ।

तर सहमतिबाट नेतृत्व चयन गर्नेभन्दै समाजवादीले २९ जना पदाधिकारी र ३९९ सय सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ।

शीर्ष नेतृत्व तहमा यसबारे सहमति भइसकेको छ । अब महाधिवेशनको हलबाट औपचारिक निर्णय हुन बाँकी रहेको केन्द्रीय सदस्य सुदेश पराजुलीले खबरहबलाई बताए ।

नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा १८५३ प्रतिनिधि सहभागी भएका छन् ।

अहिले नेकपा एमालेमा ३०१ जनाको केन्द्रीय कमिटी रहेको छ । उता मा‌ओवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय छ ।

एमालेमा अहिले १५ सदस्यीय पदाधिकारी छन् भने माओवादीमा २१ सदस्यीय पदाधिकारी टिम रहेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : ०६ बजे

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार

नारायणीमा बेपत्ता भट्टराईको शव फेला

काठमाडौँ– सशस्त्र प्रहरीले शिव भट्टराईको शव नारायणी नदी किनारामा आज

जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा

ब्रिटिस र्‍यापर क्लार्कको स्वीकार: आफ्नै कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु

बेलायत- चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट