झलनाथ खनालको गुनासो- नेतृत्वमा यथास्थितिवादी हाबी भयो, अर्कोपटक नयाँ नेतृत्व जन्मिन्छ  « Khabarhub

झलनाथ खनालको गुनासो- नेतृत्वमा यथास्थितिवादी हाबी भयो, अर्कोपटक नयाँ नेतृत्व जन्मिन्छ 


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीहरूमा नेतृत्वमा यथास्थितिवादी हाबी भएकाले आफूहरूले पनि पार्टीमा नयाँ नेतृत्व निर्माण गर्न नसकेको बताएका छन् ।

उनले तत्कालै पार्टी नेतृत्व परिवर्तन गर्ने कुरामा महाधिवेशन प्रतिनिधिहरूको मुड पनि नभएको र पार्टीमा यथास्थितिवादी नेतृत्व हुनाले पनि पार्टी सचिएर अगाडि बढ्न यसैमा  सहमति गरिएको बताए ।

पार्टीको अध्यक्षमा माधवकुमार नेपाल सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत गरिसकेपछि बाहिरिएका खनालले खबरहबसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले पार्टीमा यथास्थितिवादी नेतृत्व भए पनि पार्टीको कार्यक्रम भने समाजवादी क्रान्तिको बाटो भएकाले यसले पार्टीलाई थप नयाँ र प्रभावकारी उचाइमा  पुर्‍याउने दाबी गरेका छन् ।

कुनै पनि हालतमा नेतृत्वबाट पछि हट्दिन म यो पटक जसरी अध्यक्ष हुन्छु भन्नुहुन्थ्यो नि किन पछाडि हट्नुभयो भन्ने प्रश्नमा खनालले भने, ‘हाम्रो पार्टी विद्रोह गरेर आएको पार्टी हुनाले विद्रोहका केही कुराहरू पुष्टि गर्न र विद्रोहलाई अगाडि बढाउन बाँकी नै छ। हामीले पुरानै नेतृत्व दोहोर्‍याए पनि नयाँ कार्यक्रमहरू अगाडि सारेका छौँ यसमा मलाई सर्वसम्मत रूपमा पार्टीको अभिभावक हुनुपर्छ भन्ने माग बमोजिम नै मैले यो सहमति गरेको हुँ ।’

सहमतिले त नयाँ गुट जन्मने भयो नि भन्ने प्रश्नमा खनालले भने, ‘यो पटक नयाँ नेतृत्व आउन सकेन अर्को पटकको नयाँ नेतृत्वका लागि पनि हामीले सहमति गरेका हौँ । यसरी नै अब अन्य पदाधिकारी र केन्द्रीय समिति पनि हामी सहमतिमै गर्ने प्रयास गर्छौँ। आम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको रोजाई अनुसार नै हामीले यो सर्वसम्मत गरिएका गरेका हौँ मैले परिणाम सुनाउँदा सबै साथीहरू उत्साहित हुनुहुन्थ्यो ।’

उनले यो पटकको महाधिवेशनमा नयाँ नेतृत्व आउन नसके पनि अर्को महाधिवेशनमा ऊर्जावान र क्षमतावान नयाँ नेतृत्व आउने दाबी समेत गरे।

उसो भयो नेतृत्वसँग खुसी हुनुहुन्न भन्ने प्रश्नमा भने, ‘मैले आफै नयाँ कार्यक्रममा सहमतिको प्रयास गरेको हुँ। हामी यो यो नेतृत्वबाट पार्टीलाई थप सशक्त र प्रभावकारी ढंगले अगाडि बढाएर जाने समझदारी गरेका छौँ । म नयाँ नेतृत्वलाई सम्पूर्ण हिसाबले साथ सहयोग र समर्थन गर्नेछु। म पुराका पुरा खुसी छु। मेरो कुनै गुनासो छैन।’

पार्टीमा गलत कुराहरू भए सचिएर र सच्याएर अगाडि बढ्ने सहमतिका साथ यो नेतृत्वलाई नै आफूहरूले अनुमोदन गरेको खनालको भनाइ छ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : ५५ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा