सपनाले खोल्यो रहस्यमय हत्याको गाँठो | Khabarhub Khabarhub

सपनाले खोल्यो रहस्यमय हत्याको गाँठो



हाम्रो मानव मस्तिष्कले धेरै आश्चर्यका काम गर्छ। यो सबै हाम्रो चेतन मस्तिष्कको उपज हो। तर संसारमा कयौं यस्ता घट्ना भएका छन, जसले आफ्नो अर्धचेतन मस्तिष्कको दूरदर्शिता पुष्टि गर्दछ। कहिले कहिले हाम्रो अबचेतन मस्तिष्कले देश विदेशको सीमा पारी यस्तो दृश्य देख्छ, जुन हाम्रो चेतनशील मनले कल्पनै गरेको हुँदैन। हाम्रो सपनाले कति पटक साँचो मात्र होइन, यस्तो जादू गरिदिन्छ कि हामीले जीब्रो टोकेर अचम्म मान्नुपर्ने हुन्छ। यहाँ यस्तै एउटा सत्य सावित सपनाको चमत्कार बारे उल्लेख गरिएको छ।

इङल्याण्डको ससेक्स काउन्टीमा एउटा सानो तर शान्त उपनगर छ। यसै ठाउँमा एक दम्पति सुरक्षित र सुन्दर घरमा बस्थे। पति बर्ट ह्युजेस कुनै अफिसमा जागिर खान्थे भने उनकी पत्नी नोरा घरमै बस्थिन। वैवाहिक जीवन अगाडि पत्नी कुनै स्टोरमा काम गर्थिन तर विवाहपश्चात पतिको आग्रहमा नोकरी छोडिन। लोग्नेले घरको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिएका थिए। बडो आनन्द र सुखसाथ यी दम्पतिको जीवन अगाडि बढिरहेको थियो।

२ जुन १९५७ को विहानी थियो। बर्ट ह्युजेस जब चिया खाने उद्देश्यले डाइनिङ हलमा पुगे, देख्छन् त नोरा भक्कानो छोडेर रुँदै थिइन। सधैं धैर्य र शान्त रहने पत्नीको आँखाबाट अविरल आँसु आएको देखेर उनी गहिरो सोचमा परे। सोच्न थाले- राति सुत्नुअघि त नोराप्रफुल्ल थिइन। फेरि राति के भयो ? उनी आत्तिन थाले। पत्नीको दुखको कारण बुझ्ने मनशायले सोधे- के भयो प्यारी तिमीलाई ? विहान विहान तिम्रो आँखामा आँसु कसरी ?’ बिचरी डोरिस, बिचरी डोरिस… भन्दै बोली सुक्न थाल्यो। नोराको मुखबाट अरु कुनै शब्द निस्केन। उनी सुँक्क सुँक्क गर्दै रुन लागिन।

‘किन बोल्दिनौ, डोरिस…तिम्री असाध्य प्यारी साथी उनलाई के भयो ? सबै ठीक त छ ?’ पतिले आशंका भरिएको मनले सोधे। ‘हो बर्ट, उनी अब यस दुनियाँमा छैनन।’ डोरिसको बारेमा यस्तो दुखी समाचार सुनेर ह्युजेसको मनमा पीडा थपियो। नियाउरो अनुहार लगाएर उनी एकछिन केही सोच्न थाले। फेरि ह्युजेसले सोधे- तर यो त भन तिमीलाई डोरिस दिवंगत भएको कसरी थाहा भयो ?’ मैले सपनामा देखेको यति भनेर नोरा फेरि डाँको छोडेर रुन थालिन।

‘किन बोल्दिनौ, डोरिस…तिम्री असाध्य प्यारी साथी उनलाई के भयो ? सबै ठीक त छ ?’ पतिले आशंका भरिएको मनले सोधे। ‘हो बर्ट, उनी अब यस दुनियाँमा छैनन।’ डोरिसको बारेमा यस्तो दुखी समाचार सुनेर ह्युजेसको मनमा पीडा थपियो। नियाउरो अनुहार लगाएर उनी एकछिन केही सोच्न थाले। फेरि ह्युजेसले सोधे- तर यो त भन तिमीलाई डोरिस दिवंगत भएको कसरी थाहा भयो ?’ मैले सपनामा देखेको यति भनेर नोरा फेरि डाँको छोडेर रुन थालिन।

पत्नीको कुरा सुनेर ह्युजेसको भाव बद्लियो। मनै मनमा ईश्वरलाई धन्यवाद दिएर सन्तोषको सास फेर्न थाले। पत्नीलाई सम्झाउने विचारले बर्टले मधुर स्वरमा भने- ‘हैट यस्तो कुरालाई लिएर पनि चिन्ता गर्नुहुन्छ। तिमीले सपनालाई विश्वास गरेर आफ्नी साथीले धर्ती छोडेको निष्कर्षमा पुग्यौ। तिमी विना कारण आतिएकी छौ। सपना भनेको सपना हो नि। सपना पनि कहिल्यै सत्य हुन्छ र ?’ बर्टको वाक्य नटुंगिदै पत्नीले आश्वस्त हुँदै भनिन्- तपाईंलाई विश्वास नलागेको जस्तो छ। मेरो कुरा यकिन मान्नुस। मैले राम्ररी सपनामा देखेको छु। डोरिस यो संसारमा छैनन।

‘यो सब फाल्तु हो फाल्तु। तिमी आजकल यताउताका किताब पढ्न लागेकी छौ। यसको प्रभाव तिम्रो दिल दिमागमा नराम्ररी परेको छ। यो सपना पनि त्यसैको फल हो। अरु केही पनि होइन। यो मनको कुरा हो। बेतुककको विषयमा सोचेर तिमी बेकारमै आत्तिरहेकी छ्यौ। सपनाको कुरा बिर्सिदेउ। अब हातमुख धोएर चिया बनाउ। हेर, मलाई भोक लागिरहेको छ।’

पतिले सम्झाएपछि नोराले आफूलाई सम्हालिन। उठेर नास्ता तयार पारिन। दुवैले खाजा खाए। पति कामको चाप देखाएर बिहानै कार्यालयतर्फ लागे। पत्नी घरको काममा लागिन। सपनाको कुरा बिर्सन धेरै प्रयास गरिन, अहँ सकिनन्।

पतिले सम्झाएपछि नोराले आफूलाई सम्हालिन। उठेर नास्ता तयार पारिन। दुवैले खाजा खाए। पति कामको चाप देखाएर बिहानै कार्यालयतर्फ लागे। पत्नी घरको काममा लागिन। सपनाको कुरा बिर्सन धेरै प्रयास गरिन, अहँ सकिनन्।

घरको काम सिध्याउने बित्तिक्कै उनले आफ्नो र पतिको कपडा धोइपखाली गरेर तन्ना फेरिन। भुईं सफा गरिन। पतिले पढेका पुस्तक -याकमा मिलाएर राखिन। काम गर्दागर्दै थकाई लागेपछि थकाई मेटाउन नुहाउन गइन। काम गर्दागर्दै दिन ढलेको पत्तो भएन। समयले नेटो काटेको त्यतिबेला थाहा भयो, जतिबेला पति ढोका ढकढकाउन आइपुगे। ढोका खोल्नासाथ पतिले भने- ल भन अहिले कस्तो महसूस भइरहेको छ ?

मनको व्यथा मनमा लुकाउँदै मुस्कुराएर बोलिन। पत्नीको कुराबाट बर्ट एकदमै खुसी भए। उनले पत्नीलाई संयम बन्न सम्झाउँदै भने, ‘तिम्रो व्यग्रता देखेर म आत्तिएको थिएँ। त्यसैले अफिसबाट चाँडै आएको हुँ। भगवानलाई धन्यवाद छ, तिमी ठीक भयौ। हिँड खान खाउँ र एकछिन घुम्न निस्कौं।’

पतिको भावना बुझेपछि उनले बर्टको दिलमा ठेस पु-याउन चाहिनन। त्यसैले खाना खाइसकेपछि पतिको साथमा घुम्न गइन। फर्केर आएपछि उनी यति थकित भइन कि ओछ्यान पाउनासाथ भुसुक्कै भइन। बर्ट पनि चाँडै निद्रादेवीको शरणमा पुगे।

राति नोराले त्यही भयानक सपना देखिन। उनी तत्काल चिच्याएर उठिन। आफूलाई केहीबेरपछि सम्हालिन र लोग्नेतर्फ हेरिन। बर्ट निक्कै गहिरो निद्रामा थिए। नोरालाई रातभर निद्रा लागेन। उही सपनाको दृश्य उनको दिल दिमागमा आउन थाल्यो।

बर्टसँग सपनाको बारेमा बहस गर्दा पति निरास हुन्छन् भन्ने थाहा थियो उनलाई। त्यसैले विहान भएपछि नोराले न त सपनाको बारेमा कुरा गरिन, न त अनुहारमै त्यस्तो भाव निकालिन। जसबाट उनका पतिले डरलाग्दो सपना देखेको आशंका गर्न सक्थे।

उनले लगातार दुई हप्तासम्म निरन्तर भयानक सपना देख्दै गइन। बरु उल्टो व्यग्रता बढेर चरम सीमामा पुग्यो। मनैमन यथासमयमा यसको उपचार गरिएन भने सपनाले नै उनको ज्यान लिनेछ भन्ने निचोडमा पुगिन।

नोरा सोच्थिन २, ४ दिनपछि उनले यसखाले सपना देख्न छोड्छिन। तर यसो भएन उनले लगातार दुई हप्तासम्म निरन्तर भयानक सपना देख्दै गइन। बरु उल्टो व्यग्रता बढेर चरम सीमामा पुग्यो। मनैमन यथासमयमा यसको उपचार गरिएन भने सपनाले नै उनको ज्यान लिनेछ भन्ने निचोडमा पुगिन।

१३ जूनमा नोरा लण्डनस्थित हारवो हारवुड रोडमा रहेका पुलिस स्टेसन पुगिन। ड्युटीमा रहेका प्रहरी अधिकृत हेरी काक्सले उनको चिन्तित मुद्रा देखेपछि सोधे-‘म्याडम तपाईं किन आत्तिरहनुभएको छ। म सहयोग गर्न सक्छु ?’

नोराले आफ्नो परिचय दिँदै भनिन- तपाईं पहिला यो बाचा गर्नुस कि मैले भनेको कुरामा विश्वास गर्नुहुनेछ। यसलाई अन्यथा सम्झिनु हुने छैन। इन्सपेक्टरले ढाड्स दिँदै भने- पहिले तपाईं आफ्नो समस्या भन्नुस। म तपाईंको कुराप्रति सदाशयतापूर्वक सक्दो मद्दत गर्ने विश्वास दिलाउँछु।

प्रहरी अधिकृतिको आश्वासनले उनलाई केही हौसला प्राप्त भयो। नोराले पहिला त उनका कुरा प्रहरीले सुन्ला भनेर विश्वास नै गरेकी थिइनन्। बरु लागेको थियो- हावा गफ सम्झेर उडाइने छ। प्रहरीको ढाड्स पाएपछि बोल्दै गइन- ‘मेरो एउटा साथी थिइन डोरिस। दुई हप्तादेखि म यस्तो भयंकर सपना देखिरहेकी छु, जसमा मेरी साथीको मृत्यु भएको छ। अब ऊ यो संसारमा छैन। उसको मृत्युको दृश्य मेरो लागि पीडादायी भएको छ। मेरो भोक, निद्रा सबै गायव भएको छ।’

१३ जूनमा नोरा लण्डनस्थित हारवो हारवुड रोडमा रहेका पुलिस स्टेसन पुगिन्। नोराले पहिला त उनका कुरा प्रहरीले सुन्ला भनेर विश्वास नै गरेकी थिइनन्। बरु लागेको थियो- हावा गफ सम्झेर उडाइने छ। प्रहरीको ढाड्स पाएपछि उनले सबै कुरा बताइन् ।

प्रहरीले सोधे- ‘सपनामा तपाईं के देख्नुहुन्छ ? उनले भनिन- ‘म सधैं डोरिसको लास पलङमा उत्तानो परिरहेको अवस्थामा देख्छु।’ ‘ढोकामुनि लास रे !’ प्रहरी आश्चर्य मान्दै सोध्छ- ‘त्यसो भए तपाईंको साथीको हत्या भएको हो ? तपाईंकी साथी विवाहित हुन ?’ निन्याउरो अनुहार बनाएर उनी भन्छिन्- ‘यही कुरा म बताउन सक्दिन कि उनको हत्या भएको हो वा आत्महत्या। मैले सपनामा जे देखें त्यही मात्र भन्न सक्छु।’ अतीतको पाना पल्टाउँदै नोरा भन्न थालिन्- ‘म उनलाई सात वर्षदेखि जान्दछु। विवाह अगाडि ऊ र म एउटै स्टोरमा काम गथ्र्यौं। उनी मेरो अत्यन्त घनिष्ट मित्र थिइन। विवाहपछि मैले नोकरी छोडिदिएँ। पछि डोरिसको पनि विवाह भयो।’

‘विवाहपछि पनि तपाईं र डोरिसको सम्बन्ध राम्रो थियो ?’ इन्सपेक्टरले सोधेपछि नोराले भनिन- ‘राम्रै थियो। विवाहपछि जिम्मेवारी बढ्ने भएकाले भेटघाट कम हुन्थ्यो। तैपनि अवसर मिलेको बेलामा भेटघाट गथ्र्यौं। चिट्ठी आदानप्रदानले टाढा भएपनि नजिकै भएको महसूस हुन्थ्यो। एकअर्काको खबर पाइरहन्थ्यौं। तर अहिले धेरै दिन भयो, उनको अत्तोपत्तो छैन।’

‘डोरिसको अन्तिम पत्र कहिले पाउनुभएको थियो ?’ प्रहरीको जिज्ञासा शान्त पार्दै भनिन- ‘मार्चपछि मैले कुनै पत्र पाएको छैन। मेरो एक साथी छ मेविस। उनी पनि डोरिसको मिल्ने साथी थिइन। उनीसँग पनि डोरेसको बारम्बार पत्राचार भइरहन्थ्यो। मेविससँग पनि मार्चदेखि डोरिससँगको सम्पर्क टुटेको छ।’

यति सुनेपछि पुलिसको दिमागमा अर्को कुरा खेल्न थाल्यो। उसले सोध्यो- ‘तपाईं र डोरिसको घरायसी संवाद पनि हुन्थ्यो होला। के उनका पतिका बारेमा केही भन्न सक्नुहुन्छ ? ‘किन नसक्नु ?’ उनका पति फ्रासिस हुन्। उनी निक्कै असल मानिस हुन। बिचरा फ्रासिसको हालत कस्तो भएको होला ? धेरै पटक सपना देखेपछि किन किन मलाई डोरिसको हत्या भएजस्तो लाग्छ।’

नोरा फेरि विलौना गरेर रुन थालिन। उनले भनिन– ‘इन्सपेक्टर, म माथि कृपा गरेर मेरो साथीको लागि केही न केही गरिदिनुस्। म सधैं तपाईंको आभारी हुनेछु।’

अनुसन्धानका लागि आवश्यक जनशक्ति लिएर उनीहरु डोरिसको घर पुगे। छिमेकीबाट पत्ता लाग्यो कि डोरेसको अनुहार नदेखेको निक्कै दिन बितेको थियो। यो सुनेपछि प्रहरी पनि आश्चर्यचकित भयो। घरभित्र गएपछि रहस्य खुल्ने ठानेर उनीहरु डोरिसको घरभित्र पुगे।

इन्सपेक्टर काक्सले फेरि प्रश्न गरे-‘तपाईंले जुन पलङको आडमा डोरिसको लास देख्नुभएको छ, के त्यो पलङ डोरिसको घरमा छ ?’ हो, मैले त्यो खालको पलङ डोरिसको घरमा देखेकी छु। ‘राम्रो।’ अब हामी वास्तविकता बुझ्न डोरिसको घरमा जान्छौं। तपाईंले डोरिसको पति र उनको घर देखेकाले अझ सजिलो भयो। ‘के तपाईं हाम्रो मद्दतका लागि त्यहाँ जान सक्नुहुन्छ ?’नोरा आफ्नो सपनाको प्रामाणिकताका लागि पनि त्यहाँ जान उत्सुक थिइन।

अनुसन्धानका लागि आवश्यक जनशक्ति लिएर उनीहरु डोरिसको घर पुगे। छिमेकीबाट पत्ता लाग्यो कि डोरेसको अनुहार नदेखेको निक्कै दिन बितेको थियो। यो सुनेपछि प्रहरी पनि आश्चर्यचकित भयो। घरभित्र गएपछि रहस्य खुल्ने ठानेर उनीहरु डोरिसको घरभित्र पुगे।

घरमा एकजना लोग्ने मान्छे थिए। नोराले फ्रासिसतर्फ लक्षित गर्दै सोधिन-‘तपाईंकी पत्नी डोरिसलाई देख्दिन नि। उनी कतै बाहिर गएकी छन् ?’ फ्रासिसले गैरजिम्मेवारपूर्ण उत्तर दिँदै भन्यो-‘झगडालु थिइ। मसंग धेरै झगडा गर्थी। मार्चमा उसले घर छोडेर गई। हालसम्म उसको कुनै खुटखबर छैन।’ इन्सपेक्टरले रिसाउँदै सोध्यो-‘भागेर तिमीलाई कुनै थाहा नदिई गएकाले ऊ बारे तिमी यतिविधि बेखबर भएको ?’ प्रहरीको प्रतिप्रश्नले फ्रासिस अलि हच्कियो। तैपनि आफूलाई सम्हाल्दै जवाफ दियो-‘उनी निस्किएपछि उसबारे मैले कुनै खोजखबर नै गरिन।’

घरमा एकजना लोग्ने मान्छे थिए। नोराले फ्रासिसतर्फ लक्षित गर्दै सोधिन-‘तपाईंकी पत्नी डोरिसलाई देख्दिन नि।’ जवाफ आयो, ‘उनी कतै बाहिर गएकी छन् ?’

फ्रासिसको जवाफले थप उत्तेजित हुँदै भने-‘आफ्नी श्रीमती हराएपछि खोज्ने दायित्व तिम्रो होइन ? तिम्रो गैरजिम्मेवार उत्तरले त झन धेरै प्रश्न जन्माएको छ।’

धेरै आत्तिएको स्वरमा उसले भन्यो-‘मैले भनेको साँचो हो। डोरिस मार्चमा घर छोडेर भागिन। यसभन्दा पहिले पनि धेरै पटक घर छोडेर भाग्ने गर्थिन। तर २,४ दिनपछि आफैं फर्कन्थिन। यसपटक पनि फर्केलिन भनेर खोज्न गइँन। उनी कहाँ छन् भनेर मैले अन्दाजै गर्न सकेको छैन भने कता गएर खोजौं ?’

‘तिमीले यसरी सत्य कुरा बोल्दैनौ। हामी सत्य कुरा पत्ता लगाएरै छाड्छौं’ भन्दै इन्सपेक्टरले घरको तलासी लिन आदेश दिए। उसको जवाफी शैलीले केही रहस्य अवश्य छ भनेर इन्सपेक्टर काक्सको मनमा चिसो पसिसकेको थियो।

घरको तलासी भयो। एक एक चीज सावधानीपूर्वक हेरियो। प्रहरी यस्तो सुराकको खोजीमा थियो कि डोरिस कहाँ गइन वा उनको साथमा कस्तो घटना भएको थियो, त्यो सूक्ष्म तरिकाले पत्ता लगाउन सकियोस्। यसैबीच नोराको आँखा कुनामा रहेको पलङमा प-यो। जुन पलङ उनले सधैं सपनामा देख्ने गर्थिन। नोराको इशारापछि प्रहरी टोली पलङतर्फ अगाडि बढ्यो। पलङको साथमा एउटा कपबोर्ड (दराज) थियो। दराज खोल्छन त त्यहाँ नसोचेको दृश्य देखाप-यो। त्यहाँ अस्थिपञ्जर जस्तो लाग्ने वस्तु उभ्याइएको थियो। त्यो दृश्य देखेपछि नोराले आफूलाई थाम्न सकिनन्। पुलिसलाई ठम्याउन कठिन भएन, त्यो कंकाल डोरिसकै हो। प्रहरी अधिकृतले कडा स्वरमा भने–‘फ्रासिस के यो कंकाल डोरिसको हो ?’

घरको तलासी भयो। नोराको आँखा कुनामा रहेको पलङमा प-यो। पलङको साथमा एउटा दराज थियो। दराज खोल्छन् त त्यहाँ नसोचेको दृश्य देखाप-यो। त्यो दृश्य देखेपछि नोराले आफूलाई थाम्न सकिनन्। फ्रासिसले अब अपराध लुकाउने बाटो समाप्त भएको बुझेर कंकाल डोरिसकै भएको स्वीका-यो।

फ्रासिसले अब अपराध लुकाउने बाटो समाप्त भएको बुझेर कंकाल डोरिसकै भएको स्वीका-यो। प्रहरीले सोध्यो- ‘डोरिसको हत्या गर्नुको कारण के हो ? लास दराजमा तिमीले नै राखेका हौ ?’ फ्रासिस डरले काँपिरहेको थियो। उसको अनुहार निलो भएर आयो। अन्त्यमा यो सम्पूर्ण हत्या आफूले गरेको स्वीका-यो। प्रहरीले नजिकै गएर कंकालको निरीक्षण गरे। उनका अनुभवी आँखाले टाउको हथौडा हानेर ज्यान लिएको तथ्य निकाल्न कठिन भएन।

प्रहरीले तत्काल फ्रासिसलाई नियन्त्रणमा लियो। नोराले उसलाई घृणाको नजरले हेर्दै उभित्र यस्तो अपराध लुकेको छ भनेर कल्पनै नगरेको बताइन। फ्रासिसलाई जेल पठाएपछि इन्सपेक्टरले हत्याको छानबिन गरेर अदालतमा प्रतिवेदन पेश गरे। पत्नी हत्या अभियोगमा फ्रासिसको विरुद्ध अदालतमा मुद्दा चल्न थाल्यो। जुरीका सदस्यहरुले सारा तथ्य प्रमाणको आधारमा फ्रासिसलाई हत्याको जिम्मेवार ठहराउँदै आजीवन कारावासको सजाय तोके।

अदालतबाट फर्केपछि इन्सपेक्टरले नोरालाई भने-‘यो सबै चमत्कार तपाईंको सपनाको हो। पटक पटक एउटै भयानक सपना देखेको कारण तपाईंलाई त्यो साथीको सम्झना भयो। उसको खबर धेरै समयसम्म नपाएपछि जीवित नभएको आभाष भयो। यदि पटक पटक सपना देखेर तपाईं मेरोमा नआउनु भएको भए यसको रहस्य सम्भवत : कहिल्यै खुल्दैनथ्यो होला। साँच्चै यो रहस्यपूर्ण घटना पत्ता लगाउन तपाईंको सपना साक्षात प्रमाणित भएको छ।’

अदालतबाट फर्केपछि इन्सपेक्टरले नोरालाई भने- ‘पटक पटक सपना देखेर तपाईं मेरोमा नआउनु भएको भए यसको रहस्य सम्भवत : कहिल्यै खुल्दैनथ्यो होला। साँच्चै यो रहस्यपूर्ण घटना पत्ता लगाउन तपाईंको सपना साक्षात प्रमाणित भएको छ।’

इन्सपेक्टरको कुरा सुनेपछि श्रीमती ह्युजेस भन्छिन्- ‘यो सारा चमत्कार मेरो अवचेतनशील अवस्थामा रहेको मनको हो। म अझै आश्चर्यमा छु, मेरो अवचेतनशील मनलाई कसरी थाहा भयो कि मेरो साथी डोरिसको लास पलङ नजिकैको ढोकामुनि छ भनेर।’

विचरा प्रहरी अधिकृतसँग यो जिज्ञासाको कुनै उत्तर थिएन। उनी मौन रहे।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ०३ बजे

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई

बढ्यो डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको

चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ

बागमती – चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज सुनचाँदी पसलेसहित

स्थानीय तह उपनिर्वाचन : कांग्रेसले चयन गर्‍यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय