जनताका गुनासा सम्बोधन गर्न शिक्षामन्त्री भट्टराईको निर्देशन « Khabarhub

जनताका गुनासा सम्बोधन गर्न शिक्षामन्त्री भट्टराईको निर्देशन


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

गण्डकी– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेकी छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरूसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताइन् ।

जनगुनासो एवम् समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवम् सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गर्दै उनले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिइन् ।

सरकारी काम कारबाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राखिन् । सरकारी जागिरलाई केबल व्यक्तिगत सुविधाको रूपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उनको भनाइ थियो ।

शिक्षा क्षेत्र समाजको हरेक क्षेत्रसँग जोडिने र यसलाई समयानुकूल र व्यवस्थित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री भट्टराईले बताइन् ।

विद्यमान ऐन नियमलाई समय सापेक्ष बनाउँदै अघि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो ।

विद्यार्थीको ज्ञानलाई हाम्रो प्रणालीसँग जोड्नु आवश्यक भएको उल्लेख गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रको समग्र विकासका लागि योजनावद्धरुपमा अघि बढ्ने बताइन् ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लाको समग्र अवस्थाबारे मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुखहरूले भइरहेको सेवा प्रवाह एवम् आइपरेका समस्यालगायत विषयमा मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका थिए ।

याे पनि…

शिक्षामन्त्रीको तर्क- शिक्षकहरूलाई दलका झोले नभनौँ, लाञ्छना नलगा‍औँ

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ३ : २३ बजे

आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकप फाइनलमा

काठमाडौँ- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न