तीन दिनदेखि रारामा हवाई उडान प्रभावित « Khabarhub

तीन दिनदेखि रारामा हवाई उडान प्रभावित


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ । मौसममा फेरबदली आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ ।

शुक्रबार समिट एअरले नेपालगञ्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको यस विमानस्थलमा अवतरण नगरी पुनः नेपालगञ्ज फर्किएको थियो ।

शनिबार मौसम नखुलेपछि कुनै उडान नभएको र आज आज मौसममा केही सुधार भएपछि उडानको तयारी भए पनि पुनःमौसममा खराबी आएपछि समिटले एअरले रारा विमानस्थलको उडान स्थगित गरेको जनाइएको छ ।

तीन दिनदेखि उडान नभएपछि नेपालगञ्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगञ्ज जाने यात्रुहरू समस्यामा परेका छन् । आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च गर्ने पैसा पनि सकिएको यात्रुहरूले दुखेको सुनाउँछन ।

रारा विमानस्थलमा उडान नहुँदा मुख्यगरी वर्षे बिदामा घर गएका शिक्षक प्रभावित भएका छन् । शिक्षक नम्रता मल्लले भनिन्, “सडक राम्रो छैन । मौसमको खराबीले हवाई उडान पनि निश्चित छैन, त्यसैले समस्या भएको छ । कार्यक्षेत्रमा जान सकिएको छैन ।”

रारामा उडान भर्ने ती एअर लायन्स छन् । तीमध्य तारा एअरले मर्मतसम्भारका लागि भन्दै काठमाडौ र सीता एअरले प्रशासनिक काम देखाउँदै मुगु उडान गरेको छैन । हाल समिट एअरले मात्र उडान भर्दै आएको थियो । सीता एअर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भाम आफ्नो एअरलायन्सले पनि मौसमले साथ दिए सम्भवतः सोमबारबाट रारा विमानस्थलमा नियमित उडान गर्ने बताए ।

रारामा नियमित उडान गर्दै आए पनि तीन दिनयता मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एअरका नेपालगञ्ज स्टेशन प्रमुख वसन्त मल्लले बताइन् । उनले भने, “मुगु जाने र मुगुबाट नेपालगञ्ज आउने यात्रुलाई सेवा दिनकै लागि शुक्रबार यात्रु लिएर जहाज मुगुतर्फ उडेको थियो । बिच बाटोमा मौषम बिग्रदा जहाज फर्कनु पर्यो ।”

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ११ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती