भारतमा ड्रोन उत्पादनका लागि सहयोग गर्ने अमेरिकी प्रस्ताव « Khabarhub

भारतमा ड्रोन उत्पादनका लागि सहयोग गर्ने अमेरिकी प्रस्ताव


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा मानवरहित हवाई उपकरण ड्रोन उत्पादनका लागि अमेरिकाले सहयोग गर्ने प्रस्ताव छ । अमेरिकाले ड्रोन उत्पादन गर्न भारतलाई परामर्श दिने प्रस्ताव अघि सारेको हो ।

भारत र अमेरिकाबीच एमक्यू–९बी सैन्य ड्रोनका विषयमा लामो समयदेखि छलफल चलिरहेको छ । यही छलफलका क्रममा अमेरिकाले भारतीय संस्थाहरुलाई भारतमै अत्याधुनिक प्रविधिको घरेलु ड्रोन उत्पादनका लागि परामर्श दिने प्रस्ताव गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतले अमेरिकाबाट ३१ वटा एमक्यू–९बी ड्रोन प्राप्त गर्ने जनाइएको छ । जसमध्ये १५ वटा वायुसेनाले र समान ८ वटा स्थल सेना तथा नौसेनाले प्राप्त गर्ने एएनआईले जनाएको छ ।

यी ड्रोन भारतका चार स्थानमा तैनाथ हुने अपेक्षा गरिएको छ । भारतीय नौसेनाले यी ड्रोन चेन्नईनजिक रहेको आईएनएस राजाजी र गुजरातको पोरबन्दरमा तैनाथ गर्ने एएनआईले जनाएको छ । त्यसैगरी, स्थल सेना र वायुसेनाले उत्तर प्रदेशका सरसवा र गोरखपुरमा पनि यी ड्रोन संयुक्त रुपमा तैनाथ गर्नेछन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै