भारतमा ड्रोन उत्पादनका लागि सहयोग गर्ने अमेरिकी प्रस्ताव « Khabarhub

भारतमा ड्रोन उत्पादनका लागि सहयोग गर्ने अमेरिकी प्रस्ताव


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा मानवरहित हवाई उपकरण ड्रोन उत्पादनका लागि अमेरिकाले सहयोग गर्ने प्रस्ताव छ । अमेरिकाले ड्रोन उत्पादन गर्न भारतलाई परामर्श दिने प्रस्ताव अघि सारेको हो ।

भारत र अमेरिकाबीच एमक्यू–९बी सैन्य ड्रोनका विषयमा लामो समयदेखि छलफल चलिरहेको छ । यही छलफलका क्रममा अमेरिकाले भारतीय संस्थाहरुलाई भारतमै अत्याधुनिक प्रविधिको घरेलु ड्रोन उत्पादनका लागि परामर्श दिने प्रस्ताव गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतले अमेरिकाबाट ३१ वटा एमक्यू–९बी ड्रोन प्राप्त गर्ने जनाइएको छ । जसमध्ये १५ वटा वायुसेनाले र समान ८ वटा स्थल सेना तथा नौसेनाले प्राप्त गर्ने एएनआईले जनाएको छ ।

यी ड्रोन भारतका चार स्थानमा तैनाथ हुने अपेक्षा गरिएको छ । भारतीय नौसेनाले यी ड्रोन चेन्नईनजिक रहेको आईएनएस राजाजी र गुजरातको पोरबन्दरमा तैनाथ गर्ने एएनआईले जनाएको छ । त्यसैगरी, स्थल सेना र वायुसेनाले उत्तर प्रदेशका सरसवा र गोरखपुरमा पनि यी ड्रोन संयुक्त रुपमा तैनाथ गर्नेछन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : ५८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा