दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते « Khabarhub

दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको जीप शान्तिनगर- १ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार रा १ ज ७७० नम्बरको जीप दुर्घटना हुँदा सल्यान त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी, सोही ठाउँका ४५ वर्षीय ऐश्वर्य केसी, सोही ठाउँका ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा ओली घाइते भएका छन् ।

त्यस्तै रुकुम–पश्चिम त्रिवेनी गाउँपालिका–३ निवासी २५ वर्षीया सरिता खड्का, सल्यान त्रिबेणी गाउँपालिका–३ निवासी ३१ वर्षीया रोजिका ओली र लमजुङको मध्येनेपाल नगरपालिका–७ निवासी २४ वर्षीया लिला बाँस्तोला घाइते भएका छन् ।

घाइतेमध्ये टोट्के निवासी केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टोउको र छातीमा चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

जीप आफैँ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको र दुर्घटनापश्चात चालक फरार छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : १९ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती