नासाले भारतीय क्याप्टेनलाई अन्तरिक्ष केन्द्रमा लैजाने « Khabarhub

नासाले भारतीय क्याप्टेनलाई अन्तरिक्ष केन्द्रमा लैजाने


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले भारतीय पाइलटलाई अन्तरिक्षमा पठाउने भएको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसोरो तथा अमेरिकी निजी अन्तरिक्ष कम्पनी एक्सियोमबीच भएको सम्झौताबमोजिम नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा लैजान लागिएको हो ।

इण्डिया टुडेका अनुसार अन्तरिक्ष उडानको नेतृत्व भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले गर्नेछन् । भारतीय वायुसेनाका अर्का ग्रुप क्याप्टेन प्रशान्त बालकृष्णन् नायरलाई ब्याकअपमा राखिएको छ ।

दुबै पाइलटको तालिम चाँडै शुरु हुने अपेक्षा गरिएको छ । भारतले महत्वकांक्षी गगनयान अभियानका लागि नासासँग सहकार्य गरेको हो । अन्तरिक्षयात्रा गर्ने भारतीय पाइलटलाई ‘गगनयात्री’ भनेर बोलाइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतले गगनयान अभियानअन्तर्गत चाँडै मानवलाई अन्तरिक्ष यात्रामा लैजाने उद्देश्य लिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ५९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति