एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय बनिन् मनु भाकर | Khabarhub Khabarhub

एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय बनिन् मनु भाकर


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस ओलम्पिकमा भारतीय शुटर मनु भाकरले इतिहास रचेकी छन्। उनी एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय खेलाडी जितेकी छन् ।

पेरिस ओलम्पिकमा हालसम्म भारतले ३ पदक जितेको छ भने २ पदकमा मनु भाकरको योगदान रहेको छ।यसअघि एउटै ओलम्पिकमा कुनै पनि पुरुष वा महिला खेलाडीले दुई पदक जितेका छैनन्।

मनु भाकरको जन्म १८ फेब्रुअरी २००२ मा हरियाणाको झज्जरमा भएको थियो। उनका बुबा इन्जिनियर र आमा विद्यालयको प्रधानाध्यापिका हुन्। भाकरले बाल्यकालमा स्केटिङ, बक्सिङ, एथलेटिक्स र जुडो कराते पनि खेल्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

भाकरले २०१७ मा केरलामा भएको राष्ट्रिय प्रतियोगितामा ९ स्वर्ण पदक जितेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही वर्ष उनले एशियन जुनियर च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् ।

भाकरले सन् २०१८ अन्तरराष्ट्रिय खेलकुद सुटिङ विश्वकपमा स्वर्ण पदक जितिन् र स्वर्ण पदक जित्ने सबैभन्दा कान्छो भारतीय बनेकी थिइन् ।उनले आइएसएसएफ जुनियर विश्वकपमा दुई पटक स्वर्ण जितेकी थिइन्।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ११ : १७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’