एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय बनिन् मनु भाकर « Khabarhub

एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय बनिन् मनु भाकर


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस ओलम्पिकमा भारतीय शुटर मनु भाकरले इतिहास रचेकी छन्। उनी एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय खेलाडी जितेकी छन् ।

पेरिस ओलम्पिकमा हालसम्म भारतले ३ पदक जितेको छ भने २ पदकमा मनु भाकरको योगदान रहेको छ।यसअघि एउटै ओलम्पिकमा कुनै पनि पुरुष वा महिला खेलाडीले दुई पदक जितेका छैनन्।

मनु भाकरको जन्म १८ फेब्रुअरी २००२ मा हरियाणाको झज्जरमा भएको थियो। उनका बुबा इन्जिनियर र आमा विद्यालयको प्रधानाध्यापिका हुन्। भाकरले बाल्यकालमा स्केटिङ, बक्सिङ, एथलेटिक्स र जुडो कराते पनि खेल्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

भाकरले २०१७ मा केरलामा भएको राष्ट्रिय प्रतियोगितामा ९ स्वर्ण पदक जितेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही वर्ष उनले एशियन जुनियर च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् ।

भाकरले सन् २०१८ अन्तरराष्ट्रिय खेलकुद सुटिङ विश्वकपमा स्वर्ण पदक जितिन् र स्वर्ण पदक जित्ने सबैभन्दा कान्छो भारतीय बनेकी थिइन् ।उनले आइएसएसएफ जुनियर विश्वकपमा दुई पटक स्वर्ण जितेकी थिइन्।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ११ : १७ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण