राजनीति

‘एमालेसँगको सात बुँदे सहमति कार्यान्वयन हुन्छ, कांग्रेसले तलमाथि गर्दैन’

By खबरहब

September 04, 2024

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यको लागि गत असार १७ गते भएको ७ बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री लेखकले एमालेसँगको सहमति कार्यान्वयन गर्न कांग्रेस तयार रहेको बताए।

‘एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्नुस्, कांग्रेस इमानदार छ । दुवै दल इमानदार छौँ’, उनले भने ।

एमालेको ७ बुँदे सहमति पार्टी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेकोले कार्यान्वयनमा कुनै समस्या नहुने पनि बताए ।