देउवा भन्छन्- लोकतान्त्रिक व्यवस्था जोगाउन मुख्य प्रतिस्पर्धी कांग्रेस-एमाले मिल्यौँ « Khabarhub

देउवा भन्छन्- लोकतान्त्रिक व्यवस्था जोगाउन मुख्य प्रतिस्पर्धी कांग्रेस-एमाले मिल्यौँ


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थायी सरकार बनाउन नेकपा एमालेसँग मिल्नुपरेको बताएका छन् ।

उनले स्थायी सरकारकै लागि गत असार १७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको पनि बताएका छन् ।

पार्टीनिकट नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधनका क्रममा देउवाले देशले स्थायित्व खोजेकाले दुई ठूला पार्टी मिलेको पनि ब्याख्या गरे ।

देउवाले कर्मचारीले जुन दलप्रति आस्था राखे पनि सरकारको निर्देशन मानेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

देउवाले कांग्रेस र एमालेबीच विगतमा अनेकम मतभेद रहेको स्वीकार्दै तर लोकतान्त्रिक व्यवस्था बचाउने कुरामा मिल्नुपरेको पनि प्रष्टीकरण दिए ।

‘कांग्रेस र एमालेबीच विगतमा मतभेद थिए, अहिले पनि केही होलान् । तर हामी अहिलेको व्यवस्था बचाउने कुरामा एक ठाउँमा छौँ, यसमा दुई दलबीच कुनै मतभिन्नता छैन’, उनले भने, ‘कांग्रेस‍-एमाले मुख्य प्रतिस्पर्धी रहेको कुरामा कुनै शंका छैन । तर देशका समस्याहरू हामी दुई दल मिलेर समाधान गर्दै अघि बढ्छौँ ।’

उनले आफू र ओली मिलेपछि देशका जुनसुकै समस्या समाधान गर्न सक्ने पनि बताए । ‘ओलीजी र म मिलेर देशका हरेक समस्याको समाधान गर्छौँ’, उनले भने, ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुछ, यसको रक्षा गर्नुछ । नेपाली जनताले खोजेको पनि देशमा स्थायित्व र स्थायी सरकार हो । त्यसकै लागि कांग्रेस र एमाले एक ठाउँ भएका हौँ ।’

देउवाले कर्मचारीहरूलाई जो जहाँ जुन दलमा आस्था राख्ने भए पनि सरकारको निर्देशन मान्नुपर्ने दोहोर्‍याए । उनले जुन दलसँग आस्था राखे पनि कर्मचारीहरूले सरकारको निर्देशन मानेर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ३ : ४८ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल