श्रीमानसँगको झगडामा जसले कलिला दुई छोरीलाई विष खुवाएर ज्यान लिइन् « Khabarhub

श्रीमानसँगको झगडामा जसले कलिला दुई छोरीलाई विष खुवाएर ज्यान लिइन्


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङमा नाबालक दुईजना छोरीलाई विष खुवाएर ज्याल लिएपछि फरार भएकी आमा पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मालती टोलकी २१ वर्षीया अस्मिता पौडेल छिन्।

उनलाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोड नगरपालिका-५ पूर्वपश्चिम राजमार्गनजिक एभरेष्ट बैंकअगाडिबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

पौडेल भदौ १५ गते अपराह्न साढे ४ बजेपछि फरार भएकी थिइन्। त्यही दिन सुन्दरहरैंचा-७ को केरा बगानमा उनका दुई छोरी मृत फेला परेका थिए।

एक वर्षीया आइङ्का र तीन वर्षकी छोरी अर्पनालाई विष खुवाएर ज्यान लिएको खुलेको छ । दुवै छोरीलाई मृत अवस्थामा प्रहरीले फेला पारेको थियो।

कार्कीका अनुसार पौडेलले भदौ १४ गते राति नै दुई छोरीलाई विष खुवाए ज्यान लिएको खुलेको छ। निर्माणाधीन घरमा पानी लगाउने विषयमा श्रीमानसँग विवाद भएपछि उनी छोरी लिएर घरबाट हिँडेकी थिइन् ।

पौडेल दम्पतीबीच पटक-पटक घरायसी कुरामा विवाद हुने गरेको प्रहरीले जनाएको छ। पौडेललाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ।

श्रीमानले नाबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी कसुरमा श्रीमतीविरूद्ध जाहेरी दिएका छन्। पौडेललाई मोरङ जिल्ला अदालतबाट ४ दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

 

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ३ : ५९ बजे

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान