फिल्म ‘कार्साङ्’ को फर्स्टलुक पोस्टर, यस्तो देखिए दयाहाङ र सिर्जना « Khabarhub

फिल्म ‘कार्साङ्’ को फर्स्टलुक पोस्टर, यस्तो देखिए दयाहाङ र सिर्जना


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छायांकन सकेर सम्पादनमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि घोषणा गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ ।

सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् दयाहाङ राई र सिर्जना निङलेखु । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् ।

हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ । बदलाको भावमा रहको उनको रिसाहा अनुहारले उनी कसैलाई केही भन्दैछन् जस्तो देखिन्छ ।

छेउमा उनको श्रीमतीको भूमिकामा रहेकी सिर्जना छिन् । उनी रोइरहेकी छन् । आँगनमा ग्यालिन लडेको छ । बिर्को खोलिएको ग्यालिनबाट भर्खरै केही पोखिएको छ ।

दया र सिर्जनाको भावभंगी र आगनमा पोखिएको तरल पदार्थ हेर्दा त्यो रक्सी भएको आंकलन गर्न सकिन्छ । छेउमा तीन चुली ढुंगा लगाएर बालिएको आगोले उनीहरूले रक्सी पार्ने गरेको थप संकेत गर्छ ।

प्रहरीले अथवा सिनेमा दुई दशक अगाडिको माओवादी द्वन्द्वको समय हो भने तत्कालीन माओवादी कार्यकर्ताले रक्सी पोखिदिए । त्यही क्रममा दयाहाङको झगडा उनीहरूसँग पर्यो । यसले उनीहूको जिविको पार्जनको माध्यम नै रक्सी बनाएर स्थानीय बजारमा बेच्नु हो भन्ने बुझिन्छ ।

पृष्ठभूमिमा दुईवटा घर छन् । माथिल्लो लेक वा हिमाली बस्ती हो भन्ने यी घर र पात्रको पहिरनले बताएको छ । घरको माथिल्लो भागमा बाँसमा झुण्डाएको केही झुता मकैले उनीहरूको कमजोर आर्थिक अवस्था संकेत गर्छ ।

माथिल्लो लेक वा हिमाली बस्तीमा दुःख गरेर बस्ने एक परिवारको कथा भन्ने संकेत यो पोस्टरले गरेको छ । पोस्टरले दयाहाङले यो चलचित्रमा गज्जबको गाउँले क्यारेक्टर निभाएको अनुमान लगाउन सकिन्छ ।

यम शेर्पा निर्देशित चलचित्रको अघिल्लो हप्ता मात्रै छायांकन सकिएको थियो । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा सिनेमा निर्माण गरिएको हो । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ ।

चलचित्रमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ ।

बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दैछन् । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी सिनेमाका निर्माता समेत हुन् । गोविन्द बोहरा सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत रहने सिनेमाको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : ११ बजे

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी